७ वैशाख २०८१ शुक्रबार
समाज

क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

सप्तरी - क्षतिपूर्ति बापत मृतक परिवारले पाउने रु ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले शुक्रवार तीन जना कर्मचारीलाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा मृत्यु भएका कञ्चनरुपका बौवालाल सदाको श्रीमती डोली सदाले पाउने क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का २९ वर्षीय विजय यादव, राजविराज नगरपालिका–७ का ३५ वर्षीय राजाराम यादव र झापा भद्रपुर नगरपालिका–२ का २९ वर्षीय नारायणप्रसाद निरौलालाई पक्राउ गरेको हो। 

विजय स्थानीय शान्ति समिति भङ्ग भएपछि जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन् भने राजाराम समेत स्थानीय शान्ति समितिमा कार्यरत रहेका थिए। जिल्ला प्रशासन कार्यालयमा लेखापाल पदमा कार्यरत निरौला गत वैशाखमा मात्र सरुवा भई भूमिगत सिँचाइ कार्यालय विराटनगरमा कार्यरत छन्। 

कतारमा २०७२ साल फागुनमा मृत्यु भएका सदाकी श्रीमती डोलीले पाउने क्षतिपूर्ति बापतको रकम ठगी गरेर भागबण्डा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी कारवाही थालेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए। विष्टका अनुसार बौवालालको मृत्यु भएपछि क्षतिपूर्ति बापत परराष्ट्र मन्त्रालय मार्फत डोलीले पाउने ४४ लाख ९३ हजार रकम मिलोमतो गरी भागबण्डा गरेर ठगी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्। रासस

प्रकाशित: १९ आश्विन २०७५ १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App