७ वैशाख २०८१ शुक्रबार
समाज

स्याङ्जामा चाडपर्व विशेष सुरक्षा योजना लागु, ३ सय ८७ प्रहरी परिचालन

स्याङ्जा - जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चाडपर्व विशेष सुरक्षा योजना लागु गरेका छ। दशैं, तिहार, छठ र ल्होसारलाई लक्षित गरी जिल्लाभर विशेष सुरक्षा योजना लागु गरिएको हो। चाडपर्वका समयमा जिल्लाभर कुनैपनि प्रकारको अवाञ्छित गतिविधि तथा अपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी जयराज सापकोटाले बताए।

प्रहरीले जिल्लाभरबाट सूचना संकलन गरी आवश्यकता अनुसार प्रहरी परिचालन गर्ने रणनीति बनाएको छ। जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु स्याङ्जा बजार, बयारघारी, वालिङ, गल्याङ, चापाकोट, मिर्मी लगायतका बजार क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने रणनीति प्रहरीले बनाएको छ। चाडपर्वमा विशेषगरी चोरी डकैती, लुटपाट, पाकेटमार जस्ता अपराधहरु हुने भएकाले त्यसको नियन्त्रणका लागि दिवा तथा रात्रिकालिन समयमा सार्वजनिक सवारी साधनहरुको नियमित अनुगन, निरीक्षण र चेकजाँच समेत गरिने भएको छ। यात्रुहरुको गुनासो समाधानका लागि वालिङ–१० भकुण्डे चोकमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ। आवश्यकता अनुसार गुनासो कक्ष स्थापना गर्ने, अवैध मदिरा वेचबिखन, ओसार–पसार, सेवन,  तथा जुवातास नियन्त्रण लागि गोप्य रुपमा सूचना संकलन र निगरानी राख्ने योजना प्रहरीले बनाएको छ। 

सिद्धार्थ राजमार्गमा सवारी दूर्घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रणकालागि रोड सेक्यूरिटी चेकप्वाइन्ट कन्सेप्ट (आरएससीसी) अवधारण अनुसार चल्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए। विशेष सुरक्षाका लागि ३ सय ८७ प्रहरी परिचालन गरिने भएको छ।

प्रकाशित: १९ आश्विन २०७५ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App