coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टरबाट खसेर महिलाको मृत्यु

रुकुम - रुकुम (पूर्व) मा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भुमे गाउँपालिका–२ सीमचौरकी २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रुकुम (पश्चिम) को खलंगाबाट रुकुम (पूर्व) को भुमे गाउँपालिका तर्फ जाँदै गरेको म १ त ७९७ नम्बरको ट्याक्टरमा सवार उनि खसेर गम्भिर घाइते भएकी थिइन्। बिहिबार दिउँसो ट्याक्टरबाट खसेर गम्भिर घाइते भएकी उनको बिहिवारै राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। ट्याक्टर चालक जाजरकोटका शीतल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक विष्टको भनाई छ।

 

प्रकाशित: १९ आश्विन २०७५ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App