८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारत र रुसबीच हतियार खरिद सहित अन्य अाठ बुँदामा सहमती

काठमाडाैं - भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एस–४०० मिसाइल डिफेन्स सिस्टम सहित अन्य आठ बुँदे सहमती भएको छ। शुक्रवार राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भएको भेटवार्तापछि आठ बुँदे सम्झौता पत्रमा हसताक्षर भएको हो। यस्तै दुवै राष्ट्रले रक्षा र सुरक्षाका क्षेत्रमा समेत मिलेर काम गर्ने बताएका छन्। एस–४०० मा भएको सम्मझौता अनुसार भारतले रुसबाट ५ वटा मिसाइल डिफेन्स सिस्टम खरिद गर्नेछ।

सम्झौता पछि साझा प्रेस वार्तालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले रुससँग आफ्नो अद्भुत सम्बन्ध रहेको बताए। उनले रुसमा आयोजना भएको सोची समिटपछि दुई देशबीचको सम्बन्ध अझै मजबुत बनेको बताए। उनले रुससँग प्राकृतिक सम्पदाका विविध क्षेत्र, मानव शंशाधन, सौर्य उर्जा, टेक्नोलोजी, यस्तै समुन्द्री देखि अन्तरिक्षका विविध क्षेत्रमा सहमती भएको बताए। भारतको विकास यात्रामा रुसले सधै साथ दिएको बताउँदै प्रधानमन्त्री मोदीले आफ्नो अघिल्लो लक्ष्य अन्तरिक्ष यान रहेको बताए। उनले यसमा समेत रुसले सहयोग गर्ने विश्वास व्यक्त गरे। 

यस्तै रुसी राष्ट्रपति पुटिनले दुई देशबीच महत्वपूर्ण सम्झौताहरु भएको बताए। उनले भारतसँग सुरक्षा, रक्षा लगाएत व्यापारिक क्षेत्रमा विविध सम्झौता भएको बताए। पुटिनले दुई देशबीच सन् २०२५ सम्म ३० बिलियन डलर बराबरको व्यापार हुने बताए। 

पुटीनको भारत भ्रमण अघि अमेरिकाले रुससँग हतियार सम्झौता गर्ने राष्ट्रमाथि आफुले नाकाबन्दी गर्ने बताएको थियो। भारतसँग भएको एस–४०० सम्झौतापछि अमेरिकाले कस्तो प्रतिक्रिया दिने हो त्यो भने हेर्न बाँकी छ। एस–४०० ले ३ सय किलोमिटर सम्मको दुरीमा मार हान्न सक्छ। यसलाई रुसले सन् २००७ मा एस–३०० बाट उपडेट गर्दै निर्माण गरेको हो। 

 

प्रकाशित: १९ आश्विन २०७५ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App