८ वैशाख २०८१ शनिबार
कला

जय भोले हेर्दा हाँसेर मात्र फर्किनु पर्दैन (भिडियो)

काठमाडौं- अशोक शर्मा चलचित्र निर्देशनमा १२ वर्ष पछि फर्किए। उनले निर्देशन गरेको चलचित्र जय भोले फूलपातीमा रिलिज हुँदैछ। शर्माले आफ्नो चलचित्र हेरेर दर्शकले हाँसो मात्र नवटुली ज्ञान पनि आर्जन गर्ने दावी गरेका छन्। 'फिल्म हेरेर दर्शक यसै फर्किनु पदैन', शर्माले भने, 'केही नयाँ ज्ञान उहाँहरुले पाउनु हुने छ।' समाजिक कथा बस्तुमा आधारित चलचित्र भए पनि यसले फरक परिवेशलाई समेटेको नायिका स्वस्तीमा खड्काले बताइन्। यसको कथाले हाम्रो समाजिक पाटोलाई सरल ढंगले देखाएको उनले बताइन्।

चलचित्रका लेखक तथा कलाकार खगेन्द्र लामिछानेले ट्रेलर हेर्दा नै दर्शकले धेरै रमाइलो मानेको बताउँदै फिल्ममा त्यसको दश गुणा मनोरञ्जन दर्शकले पाउने बताए। 'ट्रेलरले नै धरै कुरा समेटेको छ', उनले भने, 'यो हेरेपछि दर्शकले थप मनोरञ्जन प्राप्त गर्नु हुने छ।'

जय भोलेका अर्का कलाकार सौगात मल्लले चलचलित्र हेर्न हलसम्म पुगेका दर्शकले केही न केही लिएर फर्कने दावी गरे। जय भोले टिमसँग गरिएको कुराकानी आइतबारको नागरिक संवादमा हेर्न सकिने छ। 

प्रकाशित: १९ आश्विन २०७५ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App