coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पेस्तोलसहित दुई पक्राउ

सिरहा– प्रहरीले सिरहाको मिर्चैया–१ बाट पेस्तोलसहित दुइजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने धनुषा सिंयाही मड्यान–३ का नागेन्द्र यादब(२४) र सिरहा विद्यानगर–८ का जाहिर राईन(३४) रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए।

मिर्चैया–१ स्थित आँप बगैचामा हतियारसहित मानिस लुकिछिपी बसेको सूचना पाएर गएको प्रहरी टोलीले यादव र राईनको शरिर खानतलास गर्दा पेस्तोल र गोली बरामद भएको चौधरीले बताए। को ४ प ५५८७ नम्बरको मोटरसाइकलमा आएका यादवको साथबाट १ थान नलकटुवा पेस्तोल, सोमा प्रयोग हुने ५ थान गोली र राइनको साथबाट मेड ईन युएसए लेखिएको १ थान स्वचालित पेस्तोलसहित सोमा लाग्ने ९ राउण्ड गोली बरामद गरिएको डिएसपी चौधरीले बताए। उनीहरुको साथबाट दुई थान म्यागजिनसमेत बरामद भएको मिर्चैया प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुबैजनालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत जिल्ला प्रसाशनबाट म्याद थप गरी अनुसन्धान भइरहेको चौधरीले जानकारी दिए।

प्रकाशित: ४ आश्विन २०७३ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App