coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युरोपा लिगः चेल्सी, आर्सनल र एसी मिलान विजयी

काठमाडौं – इङ्लिस क्लब चेल्सी र आर्सनल युरोपा लिग फुटबलमा विजयी भएका छन्। प्रतियोगिता अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले हंगेरीको भिडीलाई १–० ले पराजित गर्यो।

चेल्सीको जितमा ७०औं मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो। मोराटाले विलियनको पासको सदुपयोग गर्दै गोल गरेका हुन्। खेलमा चेल्सीले पटक राखेपनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो।

आर्सनलले पनि अजरबैजानको काराबाग एफकेलाई ३–० ले हरायो। काराबागको घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा खेलको चांैथो मिनेटमा सोक्राटिस पापास्ताथोपाउलोस, ५३ औं मिनेटमा इमाइल स्मिथ रोवे र ७९औं मिनेटमा माटेओ गेन्डोउजीले गोल गरे।

यता इटालिको एसी मिलानसँग ग्रीसको ओलम्पियाकोस ३–१ ले स्तब्ध भएको छ। मिलानको जितमा ७० र ७९ औं मिनेटमा प्याट्रिक क्याट्रोन र ७६ औं मिनेटमा गोन्जालो हिग्वीनले गोल गरे। खेलको १४ औं मिनेटमा एन्जल गुइरेरोले गोल गरेपनि त्यसलाई जोगाउन नसक्दा ओलम्पियाकोस पराजित भयो। 

 

प्रकाशित: १९ आश्विन २०७५ ०५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App