८ वैशाख २०८१ शनिबार
अन्य

‘भाषा जान्दा व्यापार भएको छ’

मंगललक्ष्मी शाहीले भक्तपुर, टौमडीमा हस्तकलाको पसल चलाएकी छन् । उनले पसल चलाएको ३७ वर्ष भइसक्यो । उनी बिहान १० बजे पसलमा पुग्छिन् र साँझ ७ बजे फर्कन्छिन् । यो उनको आफ्नै पसल हो । उनका नियमित ग्राहक विदेशी पर्यटक हुन्। 

उनी पढेलेखेकी छैनन् । तर, उनलाई विदेशीसँग कुरा गर्न समस्या छैन । उनी अंग्रेजीसँगै फ्रेन्च, स्पेनिस, चाइनिज भाषा पनि बोल्छिन् । यो सबै बोल्दाबोल्दै सिकेको उनले सुनाइन् । ‘पढेलेखेको छैन, सबै आवश्यकताले सिकायो,’ उनले भनिन्, ‘भाषा जान्दा व्यापार  भएको छ।’

प्रस्तुति : उपेन्द्र लामिछाने 

 

प्रकाशित: १९ आश्विन २०७५ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App