coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु, एक घाइते

टीकापुर – कैलालीको लम्की चुहा नगरपालिका–४ बलियामा आज बिहान भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्। 

प्रहरीका अनुसार ज्यान जानेमा लम्की चुहानगरपालिका–२ बघौराका ४० वर्षीय भागिराम चौधरी रहेका छन् भने घाइते हुनेमा विनोद विश्वकर्मा छन्। विश्वकर्माको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

मृतक चौधरी चढेको से ४ प ७३७० नम्बरको मोटरसाइकल र घाइते विश्वकर्मा चढेको से ६ प ७०४१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। चौधरी पूर्वबाट पश्चिमतर्फ र विश्वकर्मा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल ठोक्किएपछि सडकमा लडेका चौधरीलाई लम्कीबाट धनगढीतर्फ गैरहेको ना ४ ख १२७४ नम्बरको ट्रकले किचेको ट्राफिक पोष्ट लम्कीका इञ्चार्ज नवराज शाहीले जानकारी दिए। उनले मृतक चौधरीको शव टुक्रा टुक्रा भएको अवस्थामा रहेको बताए। शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ।

घटनामा संलग्न ट्रकलाई प्रहरीले गौरीगंगा नगरपालिका मसुरीयाबाट नियन्त्रणमा लिएको छ।

प्रकाशित: १९ आश्विन २०७५ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App