coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रतिबन्धित ब्राउन सुगरसहित दुई पक्राउ

नेपालगन्ज– ६ ग्राम प्रतिबन्धित लागु औषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन्। नेपालगन्जको राँझा चोकबाट बिहीबार चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बीरेन्द्रनगर नगरपालिका–१२ निवासी ३० बर्षिय जीवन सोमई र सोही ठाउँका २१ बर्षिय निरज राई रहेको जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखा ईन्चार्ज रणबहादुर बिष्टले जानकारी दिए। 

पक्राउ परेका अभियुक्तद्वयले आफूहरु नेपाली सेनामा कार्यरत रहेको बयान दिएका छन्। तर, उनीहरुसँग सेनासँग सम्बन्धित कुनै कागजात अहिलेसम्म फेला नपरेको बिष्टले बताए। जिप्रका बाँकेका प्रमुख एसपी अरुण पौडेलले दुई जना ब्यक्तिलाई लागु औषधसहित पक्राउ गरिएको भएपनि उनीहरुमाथि छानविन भइरहेको जानकारी दिए। अभियुक्त दुबै जनालाई जिप्रका बाँकेको हिरासतमा राखिएको उनले बताए। 

प्रकाशित: १८ आश्विन २०७५ १६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App