भ्रष्टाचार मुद्दा

भेरी अस्पतालका तत्कालिन मेसु सुवेदी सहित आठै जना निर्दोष ठहर

बिहिबार, १८ असोज २०७५, १९ : ४० अर्जुन ओली

नेपालगन्ज - भेरी अञ्चल अस्पताल नेपालगन्जको चर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले बिहीवार फैसला गरेको छ। अदालतले फैसलासँगै अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर सुवेदीसहित ८ जनालाई सफाई दिएको छ। अस्पतालको विभिन्न शाखामा भ्रष्टाचार गरेको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ बालरोग विशेषज्ञ एवम् मेडिकल सुपरिटेण्डेन्ट सुवेदी, लेखा अधिकृत पदमबहादुर जिसी, लेखापाल मनिराम बर्मा, स्टोर प्रमुख माधव ज्ञवाली, हाउसकिपर शोभा पौडेल, स्टाफ नर्स हरिकला केसी सहित ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारले उनीहरुलाई आमा सुरक्षा कार्यक्रम, सामाजिक सुरक्षा एकाई, स्टोर शाखा, पोषण पुर्नस्थापना गृह र टिएडिए सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै कानुनी कारवाहीको माग गरेको थियो।

अख्तियारले उनीहरुलाई आमा सुरक्षा कार्यक्रम, सामाजिक सुरक्षा एकाई, स्टोर शाखा, पोषण पुर्नस्थापना गृह र टिएडिए सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै कानुनी कारवाहीको माग गरेको थियो। उनीहरुमाथी 
औषधी, सर्जिकल उपकरण, मसलन्द, मेसिनरी औजार खरिदमा र अस्पताल विकास समितिको रकम भ्रष्टाचार गरेको आरोप पनि अख्तियारले लगाएको थियो। दुई वर्षदेखी चलेको मुद्दाको अदालतका न्यायाधीश बाबुराम रेग्मी र नारायणप्रसाद पोखरेलको संयुक्त ईजलासले आठै जनालाई निर्दोष ठहर गरी सफाई दिएको हो। अख्तियारले दावी गरे अनुसार भ्रष्टाचार गरेको कुनै प्रमाण नभएको अदालतले उल्लेख गरेको छ। आरोपीको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुरेशकुमार पौडेलले अख्तियारले आरोप लगाए अनुसार कुनै पनि प्रमाण पेश गर्न नसकेपछि अदालतले सफाई दिएको बताए। ‘आशंकाको भरमा उहाँहरुमाथि अख्तियारले भ्रष्टाचारको मुद्दा लगाएको थियो, सम्मानित अदालतबाट सफाई पाएपछि निर्दोष ठहरिनु भएको छ,’ पौडेलले नागरिकसँग टेलिफोनमा भने। उनका अनुसार अख्तियारले मेसु सुवेदी, लेखा अधिकृत जिसी र लेखापाल बर्मा विरुद्ध आमा सुरक्षा कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लगाएको थियो। यस्तै अख्तियारले सामाजिक सुरक्षा एकाईको रकम भ्रष्टाचार गरेको भन्दै मेसु सुवेदी र लेखापाल बर्मा विरुद्ध अर्को मुद्दा पनि अदालतमा दर्ता गराएको थियो। 

अधिवक्ता पौडेलका अनुसार पोषण पुर्नस्थापना गृहमा सामान खरिदमा रिना ट्रेडर्स एण्ड सप्लायर्सलाई दोहोरो भुक्तानी दिएको आरोप लगाउँदै अख्तियारले मेसु सुवेदी र लेखापाल बर्माविरुद्ध मुद्दा दर्ता गराएको थियो। यसैगरी अस्पतालको स्टोर शाखामा औषधीको अभिलेख नराखी भ्रष्टाचार गरेको आरोपमा स्टोर प्रमुख ज्ञवाली र मेसु सुवेदीमाथी भ्रष्टाचारको आरोप लगाएको थियो। त्यस्तै मेसु सुवेदी, लेखापाल बर्मा, हाउसकिपर शोभा र स्टाफ नर्स हरिकला सहित अन्य दुई जना विरुद्ध भाडा तथा टिएडिए सुविधामा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको थियो।

विशेष अदालतबाट सफाई पाएपछि डा. सुवेदीले ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिए। ‘आशंकाको भरमा हामी माथि अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपनि सम्मानित अदालतबाट न्याय पाएका छौं, अब चाडै अस्पतालको काममा फर्किनेछु,’ सुवेदीले नागरिकसँग भने। सफाई पाईसकेपछि आफु आईतबारबाट अस्पतालको काममा फर्किने उनले बताए। अख्तियारले मुद्दा दर्ता गरेपछि सबै निलम्वित भएका थिए। अदालतको फैसलापछि उनीहरु स्वतः पुर्नबहाली भएका छन्। ती मध्ये लेखा अधिकृत जिसी र लेखापाल बर्मा मुद्दा चलिरहेकै अवस्थामा सेवा निवृत्त भईसकेको अस्पताल स्रोतले जनाएको छ।







यसमा तपाईको मत


अन्य समाचार

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...