८ वैशाख २०८१ शनिबार
समाज

घुस लिने प्रहरी विरुद्ध मुद्दा दायर

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ज्योति विष्ट सहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।आयोगका अनुसार प्रहरी नायब निरीक्षक विष्टको प्रत्यक्ष संलग्नतामा सोही प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक सुवास ढुङ्गाना र प्रहरी हवल्दार दीपक भारतीले बालुवा बेचबिखन गर्ने व्यवसायीलाई सहजरुपमा निकासी गर्न दिने शर्तमा रु ४५ हजार घुस लिएको अभियोग लागेको छ। बालुवा व्यवसायीसँग प्रहरी सहायक निरीक्षक ढुङ्गानाले रकम बुझी प्रहरी हवल्दार भारतीलाई रु पाँच हजार दिएको र विष्टलाई रु २५ हजार छुट्याएका थिए। 

आयोगले तीनै जना प्रहरी कर्मचारीलाई रु ४० हजारको बिगो कायम गरी विशेष अदालतमा आज मुद्दा दायर गरेको हो। यस्तै आयोगले सोही प्रकरणमा संलग्न महानगरी प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी हवल्दार अमन चौधरी विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार हवल्दार चौधरीले बालुवा व्यापारीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ। रासस

प्रकाशित: १८ आश्विन २०७५ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App