coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

शेयर बजारमा सामान्य गिरावट

काठमाडौँ - धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२३ अंकले घटेर १२ सय २७.३७ बिन्दुमा झरेको छ। नेप्से परिसूचकसंगै कारोवार रकमसमेत घटेको छ । कूल १६५ कम्पनीको १५ लाख ८२ हजार ५५८ कित्ता शेयर ४२ करोड ८६ लाख ४४ हजार ६०६रूपैयाँमा खरीदबिक्री भएको छ। 

कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयरको मूल्य बढेको छ भने आठ उपसमूहको शेयरको मूल्य भने घटेको छ । व्यापार १.६९, वित्त १.३६ र जीवन बीमा ०.५५ बिन्दुले बढ्ता बैंकिङ २.८६, होटल २६.६९, विकास बैंक ४.०८, जलविद्युत् १.०९, निर्जीवन बीमा १४.३, उत्पादन ६.२५, अन्य ०.७८ र माइक्रो फाइनान्स ११२ अंकले घटेको छ । एक्सचेन्जका अनुसार नाडेप लघुवित्त वित्तीय संस्था र प्रोग्रसिभ फाइनान्स लिमिटेड, समता माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन्। मल्टीपर्पोज फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र मेरो माइक्रो फाइनान्स कम्पनीका लगानीकर्ताले आज गुमाएका छन्। 

प्रकाशित: १८ आश्विन २०७५ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App