७ वैशाख २०८१ शुक्रबार
खेल

इपीएलकाे तेस्राे संस्करण मंसिरमा

काठमाडाैं - एभरेष्ट प्रिमियर लिग (इपीएल) को मिति सार्वजनिक गरिएको छ। तेस्राे संस्करणको इपीएल आगामी मंसिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिताको मितिबारे जानकारी दिन विहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रतियोगिता आगामी ८ डिसेम्बर देखि २२ डिसेम्बर अर्थात १५ दिनसम्म सञ्चालन गरिने जानकारी दिए। इपीएललार्इ हालसम्मकै भव्य बनाइने र त्यसको लागि तयारी सुरु गरिसकिएको अख्तरले जानकारी दिए। प्रतियोगिताको अनुमतिका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) मा आवश्यक कागजपत्रहरु पठाइसकेको निर्देशक अख्तरले  बताए।

प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। फ्रेन्चाइजको आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ। सहभागी टिमहरुमा विराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, पोखरा राईनोज, भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ रहेका छन्। इपिएलको पहिलो संस्करणको उपाधी शरद भेषवाकरको  कप्तानी रहेको पन्चकन्या तेजले जितेका थियो भने दोस्राे संस्करणको उपाधी नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको बिराटनगर वारियर्सले जितेको थियो।   

 

प्रकाशित: १८ आश्विन २०७५ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App