coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दशैंअघि नै संशोधन प्रक्रिया अघि बढ्छः सल्लाहकार खनाल

काठमाडौं– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले भने, ‘दशैंअघि नै संशोधन प्रक्रिया अघि बढ्छ, संशोधन प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीको अमेरिकाको भ्रमण स्थगित भएको हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा खनालले संशोधन प्रस्ताव दर्ता गर्नको लागि मात्रै नभएर यसले निकास दिने गरी अघि बढाउन सरकार गम्भिर रहेकोले केही समय ढिला भएको बताए। उनले अघि थपे, ‘प्रस्ताव अपरिपक्व नहोस भनेर हामी गम्भिर छौं, दर्ताको लागि मात्रै दर्ता नगरेर हामी संशोधनमार्फत समस्या समाधान होस भन्ने पक्षमा छौं।’

संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलहरुबीच अहिले सघन वार्ता तथा छलफल भैरहेको पनि उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणलाई लिएर पक्ष र विपक्षमा भैरहेको बहस सामान्य भएको उनको टिप्पणी थियो। प्रधानमन्त्री भारत जानुअघि जुनजुन विषयमा छलफल भएको थियो भ्रमण त्यही विषयमा केन्द्रित रहेको खनालको दाबी छ।

प्रधानमन्त्रीको भारत भ्रमसँगै चिसिएको नेपाल–भारत सम्बन्ध सुधार भएको समेत उनको दाबी छ।

प्रकाशित: ४ आश्विन २०७३ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App