न्याय खाेज्दै नगरपालिका पुगेकी किशोरीले न्याय पाईन्

बिहिबार, १८ असोज २०७५, १४ : ३० डिबी बुढा

जुम्ला - न्याय माग्दै चन्दननाथ नगरपालिकामा पुगेकी गुठिचौर गाउँपालिका १ की १७ वर्षीया किशोरी रमिता महताराले न्याय पाएकी छिन्। जन्मेको ११ दिनमै आमा छोरीलाई घर निकाला गरेको र हाल घरमा आउँदा बेवास्ता गर्ने गरेको भन्दै रमिता न्यायको खोजीमा बुधवार चन्दननाथ नगरपालिकाको कार्यालयमा पुगेकी थिईन्। जाजरकोट स्थित मामाको घर देखि बाल नागरिकता र जन्मदर्ता बनाउन चार दिनको पैदल हिडेर खलंगा पुगेकी रमितालाई चन्दननाथ नगरपालिकाले न्याय प्रदान गरेको हो। न्यायिक समिति संयोजक उपप्रमुख अप्सरादेवि न्यौपानेले गुठिचौर गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीसँग समन्वय गरेर रमिताका बुवालाई चन्दननाथ नगरपालिकामा बोलाएर छलफल गरेकी हुन्। उपमेयर न्यौपानेले पीडित किशोरीका बुबा फुर्वा छिरिङ महतारासँग करिव १ घण्टाकाे छलफल पश्चात सहमती भएकाे बताइन्। किशोरीको बुबाले जन्म दर्ता, बाल नागरिकता बनाई दिनुका साथै सम्पती समेत दिलाईदिने सहमति पछि किशोरीलाई बुवाको जिम्मामा लगाइएको छ।

आफुले सकेजतिको पढाइदिने, घरमा सम्पती दिएर राख्ने, घर वाहिर बस्न नदिने गरी सहमती भएकाे  न्यौपानेले बताइन्। चन्दननाथ नगरपालिकाले महिला अधिकारकर्मी, मानव अधिकारकर्मी र सञ्चारकर्मीलाई रोहवरमा राखेर न्याय प्रदान गरेपछि रमिता निकै खुसि छिन्। मामाको घरदेखि रित्तो हात जुम्ला पुगेकी रमिता चार दिन सम्म चन्दननाथ नगरपालिकाका सवारी चालक लेखराज न्यौपानेको घरमा वसेकी थिईन्। 

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad