coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिन भारतमा, सैन्य हतियार खरिद बिक्रीमा सम्झाैता हुने

भारत - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणका क्रममा दिल्ली पुगेका छन्। अर्बौ डलर बराबरको सैन्य हतियार सम्झाैताका लागि पुटिन भारत गएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जानकारी दिएका छन्। भारतमा रहँदा पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने उक्त सैन्य हतियार सम्झौताले अमेरिका, चीन र पाकिस्तानलाई निरास पार्न सक्ने आशंका गरिएको छ।

दुई दिने भारत भ्रमणका क्रममा पुटिन र मोदीबीच ५ बिलियन अमेरिकी डलरको हवाई रक्षा प्रणाली एस–४०० खरिद सम्झौता हुने रुसले जनाएको छ। यता अमेरिका र भारतले आगामी वर्ष सन् २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने सहमती गरेका छन् तर भारतका लागि रुस हतियार किन्ने प्रमुख गन्तव्य रहँदै आएको छ। पुटिन र मोदीबीचको भेटघाटमा अन्य सम्झौताहरु पनि हुने बताईएको छ। त्यसैगरी भारतमा दुई राष्ट्र मिलेर परमाणु परिक्षण केन्द्र बनाउने बारे दोस्रो पटक छलफल हुन सक्ने बताईएको छ। मस्कोले भारतको कुदनकुलममा रहेको त्यहाँको सबैभन्दा ठूलो न्युक्लियर पावर प्लान्टलाई विस्तार गर्नमा सहयोग गरिरहेको छ।

प्रकाशित: १८ आश्विन २०७५ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App