coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्तारुढ दलकै भातृ संगठनद्वारा प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न माग

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई तत्काल वर्खास्त गर्न माग गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले गृहमन्त्री रामबहादुर थापालाई भेट्दै आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।

सांसद तथा अनेराश्ववियुकी अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ सहितका विद्यार्थी नेताहरुले गृहमन्त्री थापालाई ज्ञपनपत्र बुझाउँदै जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन प्रहरी प्रमुख असक्षम भएको बताए।

ज्ञापनपत्रमा निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न भएका सबैलाई तत्काल कारवाहीको दायरामा ल्याउन र छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्न पनि माग गरिएको छ।

जवाफमा गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारा अझैँ पत्ता लाग्न नसकेकोमा सरकार चिन्तित रहेको बताएका थिए। उनले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई छिट्टै पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याए।

विद्यार्थी संगठनले यातायातका साधनहरुमा बढाइएको भाडा फिर्ता लिन, कालोबजारी, महंगी र वेथितिलाई तत्काल नियन्त्रण गर्न पनि माग गरेका छन्।

प्रकाशित: १८ आश्विन २०७५ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App