सिक्टा सिँचाइमा अनियमितता

‘ठेक्का व्यवस्थापनमा आयोजनाको कमजोरी’

बिहिबार, १८ असोज २०७५, १२ : ३३ रुद्र खड्का

काठमाडौं - आयोजना कार्यालयको लापरबाहीका कारण राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्कने गरेको पाइएको छ । ठेकेदारलाई नियन्त्रणमा राख्नुपर्नेदेखि आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दायित्व पाएको आयोजना अनेक स्वार्थमा अड्किँदा समस्या उत्पन्न भएको आशंका छ। 

पछिल्लोपटक गत साउन ७ गते पुनः मूल नहर भत्किएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित छानबिन टोलीको अध्ययनमा आयोजना कार्यालयको कमजोरी देखिएको हो । ‘आयोजनाको ठेक्का लिएका ठेकेदारलाई कन्ट्रोलमा  राख्ने र माटोको यकिन अध्ययन गर्ने जस्ता काम भएको देखिएको छैन,’ अन्तिम प्रतिवेदन तयारी गर्दै गरेका टोली संयोजक सुशीलचन्द्र तिवारीले बुधबार नागरिकसँग भने। 

पटकपटक मूल नहर भत्कने क्रम नरोकिएपछि स्थानीयले ठेकेदार र कर्मचारीको मिलेमतोमा गुणस्तरहीन काम भएको आंशका गरिरहेका छन् । सोही आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताबारे छानबिन गरिरहेको छ । त्यस्तै मन्त्रालयद्वारा गठित टोलीले डिजाइन लगायत आयोजनाको व्यवस्थापकीय कमजोरीमा केन्द्रित रहँदै अध्ययन गरिरहेको छ। 

सिक्टाको स्थलगत अध्ययन समेत गरेर छानबिन गरिरहेका तिवारीले माटो परीक्षणका कारण अन्तिम प्रतिवेदन आउन केही ढिला भएको बताए । ‘माटोको पाँचवटा परीक्षणमध्ये चारवटाको जाँच भइसकेको छ,’ उनले भने, ‘भोलिसम्म (बिहीबार) थप एक परीक्षणको प्रतिवदेन आउँदैछ ।’ माटोको सबै परीक्षणको रिपोर्ट आएपछि र अन्तिम चरणमा रहेको छानबिनको मस्यौदाले पूर्णता पाएपछि उक्त प्रतिवेदनलाई सार्वजनिक गर्ने उनको भनाइ छ। 

स्थानीयले मन्त्रालयद्वारा गठित टोली र अख्तियारले छानबिनलाई गम्भीरतापूर्वक लिनुपर्ने माग गर्दै आएका छन् । राष्ट्रिय गौरवको उक्त आयोजनाको मूल नहर परीक्षणको क्रममा पटकपटक भत्कने क्रम नरोकिएपछि पुनः परीक्षणको कामसमेत प्रभावित भइरहेको छ । अख्तियारको छानबिन टोलीले आर्थिक अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउने र मन्त्रालयको टोलीले अब सिक्टालाई कसरी सम्पन्न गर्ने भन्नेबारे ठोस योजना अघि सार्ने अपेक्षा गरिएको छ । कतिपय विज्ञले सिक्टाको सुरुको डिजाइनदेखि नै त्रुटि भएको बताउँछन्। 

साउन ७ गते परीक्षणको क्रममा बाँके, ढकेरीको चंगाई नालास्थित सिक्टाको मूल नहर भत्किएको थियो ।  सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको सिक्टाको पश्चिम खण्डको मूल नहर परीक्षणको क्रममा पटकपटक भत्कने गरेको छ । पश्चिम खण्डको कुल ४५ किलोमिटर लामो मूल नहरमध्ये सिटिसिई कालिकाले ४२ किलोमिटर निर्माण गरेको हो। 

अबको दुई वर्षमा सक्ने लक्ष्य लिइएको सिक्टामा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । तिवारीले मन्त्रालयद्वारा गठन गरिएको टोलीको ध्यान ठेक्का व्यवस्थापन, डिजाइनजस्ता विषयमा बढी केन्द्रित भइरहेको बताए । अबको एक साता नकट्ने गरी अन्तिम प्रतिवेदन सार्वजनिक हुने उनको भनाइ छ ।  मूल नहरको केही खण्डमा घुलनशील माटो भेटिए पनि मूूल नहर भने  अधिकांश भागमा भत्कने गर्छ। ५० क्युमेक्स पानी चढाउने गरी बनाइएको मूल नहरमा ४–५ क्युमेक्स पानी चढाउँदा नै भत्कने गर्छ । पछिल्लोपटक गत साउन ७ गते मूल नहर भत्किँदा पनि चार क्युमेक्स मात्र पानी चढाइएको थियो। 

सिक्टामा पटकपक मूल नहर भत्कँदा ठेकेदार कम्पनीले मर्मत र सुधार आफ्नो नभएको जिकिर गर्दै आएको छ । खासगरी पछिल्लो समयमा आयोजना कार्यालयले मूल नहर बनाउने ठेकेदारसँग मर्मत र सुधार गर्ने अवधि नवीकरण नगर्दा ठेकेदारले त्यस्तो जिकिर लिइरहेको हो । कानुनले जुनसुकै आयोजना सफल भएको एक वर्षसम्म कुनै समस्या आए त्यसको मर्मत र सुधार  गर्ने दायित्व ठेकेदारकै हुने व्यवस्था गरेको छ।

मूल नहर निर्माण गर्ने कालिकाले दुई वर्षअघि काम सकिएको मूल नहरको निकै लामो समय गुजारेर परीक्षण गर्नुको कुनै अर्थ नहुने दावी गर्दै आएको छ । मूल नहरको काम अघिल्लो वर्ष सकिए पनि आयोजना कार्यालयले पछिल्लोपटक गत साउन ७ गते परीक्षण गरेको थियो ।  यतिखेर त्यो भत्किएको मूल नहर कसले मर्मत र सुधार गर्ने भन्नेमा समेत विवाद देखिएको छ।







यसमा तपाईको मत


अन्य समाचार

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...