चित्र बेचेर गीत कलाकार

बिहिबार, १८ असोज २०७५, ११ : १४ नागरिक

काठमाडौं – क्यानभासमा रमाउने ज्योति प्रकाश बिकेले कुचीसँगै संगीतलाई पनि आफ्नो सिर्जनाको माध्यम बनाउने  गरेका छन्। 

चित्रकारिताले बिकेलाई समाजमा सम्मान र जिविका दुवैको अवसर जुटाइदियो । यतिबेला भने मनको सौख पूरा गर्न उनी संगीततिर होमिएका छन् । ‘पहिले समाजसँग जुध्न गाह्रो थियो,’ उनले सुनाए ‘अहिले राम्रो सिर्जनाका लागि आफैंसँग जुध्न परेको छ । चित्रकारितासँगै संगीत पनि सँगै लिएर जाने उद्देश्यले यतातिर पनि समय दिन थालेको छु ।’ संगीतको यही रहरलाई पछ्याउँदै उनले आफ्नो पहिलो एल्बमका रुपमा उनले ‘जून र ज्योति’ लिएर आएका छन्।

तर उनका कलाकारिताको रंग र संगीतको सुरमा विगतमा भोगेका पीडाको झल्को भने उस्तै भेटिन्छ। 

त्रिभुवन विश्व विद्यालयमा चित्रकलाको प्राध्यापन गर्ने उनी त्यो कामसँगै आफ्नो व्यवसायिक चित्रकारितालाई संगीतसँग जोडन सक्रिय छन् । गीत र संगीतको क्षेत्र फरक भएपनि उनले माध्यम मात्र फरक भएको बताए । ‘चित्र कोर्ने कुरा विशुद्ध आफ्नो निर्णयमा भर पर्छ तर संगीतमा अरुको पनि साथ चाहिन्छ,’ उनले दुवैको भिन्नता बुझाए ।  उनले गतवर्ष मधुशाहीले लेखेको तीज गीत ‘चोली टिमिक्कै, मा  पनि संगीत समेत भरेका थिए। 

नेपाल ललितकला  प्रज्ञा प्रतिष्ठानले निकालेको गीत ‘उठौं कलाकार’ पनि बिकेकै संगीत तथा स्वर रहेको छ । एउटा एल्बम बजारमा पुग्दा नपुग्दै उनी अर्को एल्बमको तयारीमा जुटेका छन् । गीत रेकर्डिङको खर्च  उनले  चित्रकलाको बिक्रिबाट पूर्ति गर्ने गरेका छन्। 

‘एउटा चित्र बेचेर एउटा गीत रेकर्डिङ गर्छु,’ बिके भन्छन् ‘बिहान साढे पाँच बजेदेखि हरेक दिन एक बजेसम्म चित्र बनाउँछु अनि रियाज गर्छु।’

गायनसँगै बिके नयाँ चित्रकला प्रदर्शनीको तयारी पनि उनी गरिरहेका छन्।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad