coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ग्याजेटले दृष्टिदोष

काठमाडौं - अचेल तपाईंहामी धेरै अभिभावकले आफ्ना बालबालिकालाई मोबाइल, आइप्याड, ट्याब्लेटजस्ता ग्याजेट धेरै सयमसम्म खेलाउन दिने गरेका छौं। घरभित्र बस्दा होस् वा बाहिर कतै जाँदा अभिभावकको हातमा भन्दा बालबालिकाको हातमै यस्ता ग्याजेट देखिन्छन्। ग्याजेट प्रयोगले उनीहरूले नयाँनयाँ जानकारी प्राप्त गर्नु स्वाभाविकै हो। तर घन्टौंसम्म ग्याजेट खेलाइरहँदा गृहकार्य गर्न र खाना खान छुटाउने जस्ता समस्याले धेरै अभिभावक हैरान भएका छन्। यतिमात्र होइन, धेरै बेरसम्म ग्याजेट चलाइरहँदा बालबालिकाको आँखामा समस्या आउन थालेकाले समयमै सजग हुन चिकित्सिकले सुझाएका छन्।

तिलगंगा आँखा प्रतिष्ठानकी बाल आँखारोग एकाइकी प्रमुख डा. सिर्जना अधिकारीका अनुसार विगत १० वर्ष अवधिमा बालबालिकामा दृष्टिदोषको समस्या दोब्बर पुगेको छ। उनले भनिन्, ‘१० वर्षअघि १२ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या थियो, अहिले २५ प्रतिशतमा यस्तो समस्या देखिन्छ।’ वंशाणुगत र आँखाको संरचनाका कारण दृष्टिदोष हुने भए पनि पछिल्लो समयमा बालबालिकामा दृष्टिदोष बढ्नुमा ग्याजेट प्रयोगको भूमिका बढी देखिएको चिकित्सकले बताएका छन्।

मोबाइल, कम्प्युटर, आइप्याड, ट्याब्लेट, टेलिभिजनलगायतमा कार्टुन, खेल तथा अन्य सामग्री धेरै समयसम्म हेर्ने बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ । गाउँको तुलनामा सहरी बालबालिकामा दृष्टिदोषको समस्या ज्यादा रहेको चिकित्सकले बताएका छन्।

बाइल, कम्प्युटर, आइप्याड, ट्याब्लेट, टेलिभिजनलगायतमा कार्टुन, खेल तथा अन्य सामग्री धेरै समयसम्म हेर्ने बालबालिकामा दृष्टिदोषको समस्या देखिएको डा. अधिकारीले बताइन् । गाउँको तुलनामा सहरी बालबालिकामा दृष्टिदोषको समस्या ज्यादा छ।

अधिकारीका अनुसार केही वर्षअघि तिलगंगा आँखा अस्पतालले गरेको अध्ययनमा सहरी बालबालिकामा दृष्टिदोषको समस्या धेरै देखिएको थियो । अहिले तीन–चार वर्षभन्दा माथिका बालबालिकामा यस्तो समस्या बढेको छ।

सिंगापुर र चीनका बालबालिकामा पनि दृष्टिदोषको समस्या देखिएको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन्। सिंगापुरमा गरिएको अध्ययनअनुसार घरभित्र ग्याजेट चलाइरहने बालबालिकाको तुलनामा घरबाहिर खेल्ने बालबालिकामा दृष्टिदोषको समस्या कम पाइएको छ।

केही वर्षअघि अमेरिकन एकेडेमी अफ अल्थामोलोजीले ग्याजेटले बालबालिकाको दृष्टिमा पारेको असर न्यूनीकरण गर्न निर्देशिका जारी गरेको छ । निर्देशिकामा दुई वर्षभन्दा साना उमेरका बालबालिकालाई ग्याजेट दिन नहुने र त्यसभन्दा बढी उमेरका बालबालिकालाई दैनिक दुई घन्टाभन्दा बढी समय ग्याजेट प्रयोग गर्न दिन नहुने उल्लेख छ।

चिकित्सकका अनुसार बालबालिकामा दृष्टिदोष भइसकेपछि वयष्क उमेरसम्म चस्मा लगाउनुपर्ने हुन्छ। चस्माको पावर पनि बढाउँदै लैजानुपर्छ । बालबालिकाको आँखाको आकार बढ्ने क्रममा दृष्टिदोष बढ्दै जान्छ। सानैमा दृष्टिदोष भइसकेपछि त्यो पछि निको हुन कठिन हुने चिकित्सकले बताएका छन्। दृष्टिदोषको समस्याबाट बच्न बालबालिकाको आँखा बेलाबेलामा जँचाइरहने, उनीहरूलाई धेरै बेरसम्म ग्याजेट प्रयोग गर्न नदिने र भिटामिन ए भएका खानेकुरा खान दिइरहनुपर्ने सुझाव चिकित्सकले दिएका छन्।

बाल आँखारोग गोष्ठी सुरु
काठमाडौं, असोज १७ (नागरिक)– राजधानीमा बुधबार विश्व बालआँखारोग सम्मेलन सुरु भएको छ। चार दिनसम्म चल्ने सम्मेलनमा बालबालिकाको आँखा रोगको उपचारबारे सीप, प्रविधि र ज्ञान साटासाट गर्ने कार्यक्रम छ। गोष्ठीको पहिलो दिन तिलगंगा अस्पतालमा विभिन्न देशबाट आएका चिकित्सकले बिरामीको उपचार गरेका थिए। अस्पतालमा आधारित गोष्ठी भएकाले चिकित्सकबीच सिक्ने र सिकाउने कार्य भएको छ। गोष्ठीमा नेपाल, सिंगापुर, क्यानडा,अमेरिका, बंगलादेशका आँखा रोगविशेषज्ञ सहभागी छन्।

गोष्ठी सिक्ने र सिकाउने प्रक्रियामा आधारित भएकाले सबै देशका चिकित्सकलाई लाभदायी हुने बालनेत्ररोग विशेषज्ञ डा. सिर्जना अधिकारीले बताइन्।

प्रकाशित: १८ आश्विन २०७५ ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App