७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरमा टिपरले किचेर एक जनाको मृत्यु

भक्तपुर– अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकमा बुधबार साँंझ टिपरको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ। 

राजमार्ग अन्तर्गत सूर्यविनाकको पाण्डुबजार चोकबाट रोड क्रस गर्ने क्रममा बनेपाबाट काठमाडौं जाँंदै गरेको बा ४ ख ३६५० नम्बरको टिपरले ठक्कर दिंदा काभ्रेका २५ वर्षीय राम श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

श्रेष्ठको टाउकोमा चोट लागेको थियो। घटनापछि भक्तपुर अस्पतालमा लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि रातिसम्म पनि घटनास्थल तनावग्रस्त भएको थियो। टिपर जलाइएको थियो। टिपरका चालक फरार रहेको बताइएको छ।

प्रकाशित: १७ आश्विन २०७५ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App