‘ब्लडमनी’को अभावमा युएईमा मृत्यु कुर्दै जोगी

बुधबार, १७ असोज २०७५, २० : ५० कुलचन्द फोम्बो  | @kulchandphombo

काठमाडौं– तेह्रथुम फेदाप गाउँपालिका २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा उनले ५ वर्षको जेल सजाय र २ लाख दिराम (६२ लाख रुपैयाँ) जरिवाना भोग्नुप-यो। अहिले आबुधावी जेलमा उनको ४ वर्ष ७ महिना पुग्यो। अब उनी रिहा हुन ५ महिना बाँकी छ। तर उनले ब्लडमनी स्वरूप ६२ लाख मृतक फिलिपिनी नागरिकको परिवारलाई बुझाउन नसके मृत्युदण्ड भोग्नुपर्नेछ। 

फिलिपिनी बचाउन खोज्दा जेलमा

२०१४ अगस्ट २० मा खड्गबहादुर कम्पनीका सहकर्मी (एक फिलिपिनाे, दुई पाकिस्तानी)सँग कार्यस्थलतिर गइरहेका थिए। त्यसक्रममा पाकिस्तानीले प्रार्थना गर्ने भन्दै बीच बाटोमा गाडी रोक्न लगाए र उनीहरु (चालकसहित) प्रार्थना गर्न निस्किए। गाडीमा फिलिपिनाे र खड्गबहादुर थिए। खड्गबहादुर अगाडि सीटमा थिए भने फिलिपिनो पछाडि थिए। केही समयपछि लुकिङ ग्लास (छेउको ऐना)मा खड्गबहादुरको नजर प-यो। त्यहाँ उनले फिलिपिनो गाडीको पछाडि सडकमा छट्पटाइरहेको दृश्य देखे। तत्कालै उनी ओर्लिएर आफ्नो कम्पनीमा फोन गरेर फिलिपिनोको अवस्थाबारे जानकारी गराए। कम्पनीले अस्पताल लैजान निर्देशन दियो। उनले आफै गाडी हाँकेर अस्पताल पु-याए। उपचारको क्रममा राति १२ बजे फिलिपिनाेकाे निधन भयो। त्यसपछि प्रहरीले उनलाई अनुसन्धानका लागि भन्दै पक्राउ गरेर हिरासतमा लियो। मुद्दा अदालतसम्म पुग्यो। उच्च अदालतले उनलाई हत्या गरेको आरोपमा दोषी ठह-याई ५ वर्ष कैद र २ लाख दिराम जरिवानाको फैसला सुनायो। सडकमा छट्पटाइरहेका आफ्नै सहकर्मी फिलिपिनोलाई बचाउन खोज्दा खड्गबहादुर आफै फसे। 

ब्लडमनी जुटाउँदै ‘खड्गबहादुर जोगी बचाउ’ अभियान 

उनी अहिले आबुधावीको एक जेलमा ५ वर्षे सजाय काटिरहेका छन्। उनी अब जेलमा बस्नुपर्ने अवधि धेरै छैन्। अदालतको फैसलाअनुसार उनी ६ मार्च २०१९ मा रिहा हुनुपर्छ। तर, त्यसका लागि समयमै ब्लडमनी बुझाउनुपर्ने हुन्छ। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण केही पैसा कमाउन विदेशिएका जोगीले ब्लडमनी वाफतको ६२ लाख रुपैयाँ जुटाउन सक्ने अवस्था छैन्। 

उनलाई बचाउन तेह्रथुमका समाजसेवी, बुद्धिजिवी, परिवारका सदस्य, सामाजिक संघसंस्था लगायत सहयोग संकलनमा जुटेका छन्। उनीहरुले दुर्गाप्रसाद गिरीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरी ‘खड्गबहादुर जोगी बचाउ’ अभियान नै सञ्चालन गरेका छन्। 

यो अभियान अन्तर्गत ५ लाख रुपैयाँ संकलन गरिसकेका छन्। यो पैसा नेपाल बैंकको खातामा राखिएको छ। जोगीका छिमेकी छत्र रिमालका अनुसार फेदाप गाउँपालिकाबाट ३ लाख रुपैयाँ, जिल्लाका बाँकी ५ स्थानीय तहबाट २/२ लाख गरी १० लाख संकलनको प्रक्रियाको अघि बढाइएको छ।

त्यस्तै, तेह्रथुमसँग जोडिएका विभिन्न व्यक्ति र सामाजिक संस्थाबाट २० लाख, काठमाडौं र तराईका जिल्लाबाट १० लाख, कतार, दुबई, कुवेत, इजरायल लगायत प्रवासी नेपालीबाट १० लाख संकलन गर्ने ‘खड्गबहादुर जोगी बचाउ’ अभियानको योजना छ। 

छिमेकी रिमालका अनुसार कोरियामा बस्दै आएको प्रवासी नेपाली हेम थापाले २ लाख रुपैयाँ दिने घोषणा गरेका छन्। 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कानुनी सहायताका लागि सहयोग गर्न माग गर्दै निवेदन दिइएको रिमालले बताए। ‘बोर्डबाट कानुनी सहायताका लागि १५ लाख जति पाइँदो रहेछ, हामीले निवेदन दिएका छौं’, उनले भने, ‘सहयोग पाइने सकारात्मक जवाफ पाएका छौं। देशविदेशमा आर्थिक सहयोग जुटाउन लागिपरेका छौं। जोगीलाई ब्लडमनी तिरेर भए पनि बचाई छाड्छौं।’ 

यस्तै तेह्रथुम समाज युएईले पनि जोगी बचाउ अभियान सञ्चालन गरेर आर्थिक सहयोग संकलन गरिरहेको छ। समाजका अध्यक्ष पीएस निङ्गलेकुका अनुसार आबुधावीस्थित नेपाली राजदूतावास, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र अन्य संघसंस्थासँग समन्वय गरेर आर्थिक संकलन जुटाउने कार्य भइरहेको छ। तेह्रथुम सरोकार समाजका अध्यक्ष मोहन डाँगीले पनि जोगीलाई बचाउन अर्थ संकलन कार्य भइरहेको बताए। 

५ वर्षअघि धन कमाउन युएई गएका जोगीको परिवारमा आमा बुवा, श्रीमती र दुईटा छोरी छन्। घरको एक मात्र कमाउने खड्गबहादुर जेल परेपछि उनको परिवार आर्थिक संकटमा छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...