७ वैशाख २०८१ शुक्रबार
अर्थ

बागमतीमा राेकियाे नयाँ माेटरसाइकलकाे दर्ता प्रक्रिया

काठमाडाैं - कानुनी अड्चनका कारण बागमतीमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया दुई दिनदेखि बन्द भएको छ। मोटरसाइकल दर्ता बा ९९ प ९९९९ सम्म पुगेपछि अब कुन आधारमा नयाँ मोटरसाइकल दर्ता गर्ने भन्ने बारे स्पष्ट कानुनी प्रावधान नहुँदा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएको यातायाता व्यवस्था विभागले जानकारी दिएको छ। विभागका अनुसार यातायात व्यवस्था नियमावलीमा दुई अंक सम्म मात्रै राखेर सवारी दर्ता गरिने प्रावधान छ। यो व्यवस्था परिवर्तन नभएसम्म नयाँ मोटरसाइकमा तीन अंक राखेर अर्थात १०० अंक राखेर दर्ता गर्न सकिदैन। 

विभागका प्रवक्ता गोकर्ण उपाध्यायले नागरिकसँगको कुराकानीमा नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिसकेको बताए। उनले अव बस्ने बैठकले संशोधन प्रस्ताव पारित गर्न सक्ने बताए। संशोधन प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिबाट पास भैसकेको र अब बस्ने मन्त्रिपरिषदले उक्त प्रस्ताव पास गरेपछि राजपत्रमा प्रकाशित भै संशोधित नियमावली लागु हुने उपाध्यायले जानकारी दिए। मन्त्रिपरिषदको अर्को बैठक असोज २१ गते बस्ने कार्यतालिका रहेको छ। सम्भवतः सोहि बैठकबाट नियमावलीमा संशोधन हुन सक्ने बताइएको छ । तर अझै यसबारे स्पष्ट जानकारी आइनसकेको विभागमा प्रवक्ता उपाध्यायले बताए। उनले बागमतीमा मात्रै १० लाख मोटरसाइकल दर्ता भएका बताए।

यता नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएपछि चाडपर्वमा मोटरसाइकल किन्ने तयारी गरेका ग्राहक अन्यौलमा परेका छन् भने व्यापारीहरु समेत मर्कामा परेका छन्। दशैंलाई लक्षित गर्दै नयाँ गाडी किन्ने ग्राहक बढ्ने गरेकोमा विभाग र सरकारी पक्षको कमजोरीका कारण आफु र ग्राहकहरु समस्यामा परेको व्यापारीहरु बताउँछन्। हंसराज हुलासचन्द बजाज शाेरुमका व्यापार सल्लाहकार राजन गौतमले दशैं अघि नै विभागले समस्या समाधान गर्नुपर्ने बताए।

 

प्रकाशित: १७ आश्विन २०७५ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App