coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अभिनेत्री बिङबिङलाई करछलीकाे अभियोगमा १२ करोड ९० लाख डलर जरिवाना

तस्बिर : एजेन्सी

चीन - चीनकी प्रख्यात अभिनेत्री फान बिङबिङलाई करछलीकाे अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ। गत जुलाईदेखि बेपत्ता भएकी ती अभिनेत्रीले सामाजिक सञ्जालमा लामो क्षमायाचना गरेकी छन्। चीनमा धेरै पारिश्रमिक पाउने अभिनेत्री मध्येकी एक फानले समयमै जरिवाना तिरे फौजदारी अभियोगहरू खेप्नु नपर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। कलाकारहरूको पारिश्रमिकबारेको एक सरकारी छानबिनमा उनी तानिएकी थिइन्। चलचित्रका केही कलाकारमाथि तथाकथित ’यिन–याङ सम्झौता’ अन्तर्गत पारिश्रमिक लिने गरेको आरोप छ। सो सम्झौता अन्तर्गत कलाकारहरूले लिने वास्तविक सम्झौता एउटा हुन्छ भने कम पारिश्रमिक देखिने अर्को सम्झौता हुन्छ। अधिकारीहरूले फान र उनको कम्पनीलाई कर, जरिवाना तथा दण्डस्वरूप अर्को जरिवाना तिर्न आदेश दिएका छन् ।

 

प्रकाशित: १७ आश्विन २०७५ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App