१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई

काठमाडौं- यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सले वैज्ञानिकहरु फ्रान्सिस एच आरनोल्ड, जर्ज पी स्मीथ र सर ग्रेगोरी विन्टरलाई रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरेको हो। औषधी उपचारमा प्रयोग गर्न सकिने नयाँ प्रोटिनहरुको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरुलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो।

फ्रान्सिसले एन्जाइमबारे अनुसन्धान गरेका थिए। उनले 'डिरेक्टिड इभ्युलुशन' को प्रविधि प्रयोग गर्दै नयाँ प्रोटिनहरूको विकास गरेका थिए। यी प्रोटिनहरु नयाँ औषधिदेखि इन्धन बनाउनसम्म प्रयोग गर्न सकिन्छ।

यस्तै जोर्ज पी स्मिथ र सर ग्रेगरी विन्टरले नयाँ प्रोटिनहरू बनाउन प्रयोग गर्ने 'फेज डिस्प्ले' प्रविधिको विकास गरेका हुन्।

 

 

 

प्रकाशित: १७ आश्विन २०७५ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App