सिराहा - सिराहा जिल्लाको सिराहा नगरपालिका १७ पटेर्वाबाट अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले उनीहरुलार्इ करीब ७० बोतल डाईलेक्स डिसी नामक लागूऔषध सहित बुधवार पक्राउ गरेकाे हाे। पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका ६ बस्ने लालबाबु माझी र सोही नगरपालिका ८ बस्ने जितेन्द्रकुमार सिंह रहेका छन्। पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहितै आवश्यक कारवाहीका लागि प्रहरीमा बुझाइएको छ।
प्रकाशित: १७ आश्विन २०७५ १२:३१ बुधबार