निजी स्कुलले बढेको शुल्क लिन नपाउने

बुधबार, १७ असोज २०७५, १७ : ५४ भीम चापागाईं

इलाम - विराटनगर स्थित उच्च अदालतको इलाम इजलासले निजी विद्यालयहरूले बढाएको शुल्क लिन नपाउने फैसला गरेकाे छ। निजी विद्यालयहरूले बढाएको शुल्क विरुद्ध परेको रिट निवेदन माथि सुनुवार्इ गर्दै अदालतले निजी विद्यालयले विद्यार्थीबाट बढेको शुल्क लिन नपाउने फैसला गरेको हाे। विद्यार्थी संघ–संगठनले संयुक्त रूपमा दायर गरेको निवेदनमा बुधबार भएको बहसपछि अदालतले बढेकाे शुल्क लिन नपाउने फैसला गरेकाे हाे।

जिल्लास्थित अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी) र संघीय विद्यार्थी फोरमले इलाम नगरपालिका, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एनप्याब्सनले गैरकानुनी रूपमा विद्यार्थी माथि शुल्क बढाएको भन्दै गत वैशाख ३१ मा मुद्दा दायर गरेका थिए। बुधबार भएको बहसपछि वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले रिट जारी गरेको हो। फैसलासँगै अब निजी विद्यालयले चालू शैक्षिकसत्रमा बढेको शुल्क लिन नपाउने भएका छन् भने अहिलेसम्म लिएको थप शुल्क समेत फिर्ता गर्नुपर्ने भएको छ। यसअघि जेठ ३ मा भएको बहसमा इजलासले बढेको शुल्क नलिन अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशमा न्यायाधीशद्वय प्रकाशचन्द्र गजुरेल र तेजनारायणसिंह राईको संयुक्त इजलासले इलाम नगरपालिकाले विद्यालयको वर्गीकरण समेत नगरी सबै विद्यालयलाई एउटै किसिमको शुल्क निर्धारण गर्नुमा सुविधा सन्तुलन नभएको जनाएको थियो।

इलाम नगरपालिकाले गत फागुन ९ को बैठकबाट संस्थागत विद्यालयको अधिकतम शुल्क सीमा निर्धारण गरी विद्यालयहरूलाई फागुन १५ मा पत्राचार गरेको थियो। तर, संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका–२०६९ अनुसार विद्यालयको भौतिक पूर्वाधार अनुसार विद्यालयको वर्गीकरण नगरेको पाइएको थियो। नगरपालिकाले निजी विद्यालयलाई मासिक शुल्क तोकेरै परिपत्र गरेको थियो। नगरले पूर्वप्राथमिक कक्षाका लागि मासिक १ हजार १ सय ९९, कक्षा १–५ लाई १ हजार ४ सय ७१, ६–८ लाई १ हजार ७ सय ४४ र कक्षा ९–१० लाई मासिक २ हजार ७१ रुपैयाँ शुल्क तोकेको थियो। निवेदनको पक्षमा कानुन व्यवसायीहरू उत्तम पौडेल, खगराज कट्टेल र तारा घिमिरेले बहस गरेका थिए। विपक्षीको तर्फबाट वीरबहादुर खड्का, सुधीर बोहोरा र हिरण्य अधिकारीले बहस गरेका थिए। 







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad