आठ हजार मेट्रिकटन अन्न मदिरामा !

बुधबार, १७ असोज २०७५, १६ : ३३ भगिश्वर लिम्बु

तेह्रथुम– तेह्रथुममा उत्पादन भएको ठूलो परिमाणको खाद्यान्न घरेलु मदिरा बनाउन प्रयोग भैरहेको पाइएको छ। जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौ लगायत ८ हजार मेट्रिकटन खाद्यान्न घरेलु मदिरा जाँड, रक्सी, निगार र तोङबा बनाउन प्रयोग हुने गरेको पाइएको हो।

तत्कालिन जिल्ला कृषि विकास कार्यालयले गरेको अध्ययनले जिल्लामा उत्पादित खाद्यान्न ५७ हजार मेट्रिकटन मध्ये ८ हजार मेट्रिकटन घरेलु मदिरा बनाउन प्रयोग गरीने गरेको तथ्यांक सार्वजनिक गरेको छ। मदिरा बनाउन कुवाइने अन्नको बजार मुल्य २४ करोड रुपैयाँ बरावर रहेको कार्यालयले जनाएको छ। घरेलु मदिरा बनाउन प्रयोग गरिने यो परिमाणको खाद्यान्नबाट २५ हजार जनालाई एक वर्षसम्म खान पुग्ने कार्यालयले गरेको अध्ययनले देखाएको छ।

घरेलु मदिरा बनाउन कोदोको सवै भन्दा धेरै प्रयोग हुने गरेको छ। जिल्लामा बार्षिक २ हजार ९ सय मेट्रिकटन कोदो उत्पादन हुने गरेको तथ्याङक छ। घरेलु मदिरा बनाउन जिल्लामा उत्पादन भएको कोदोले नपुग्ने भएकाले पूर्वी तराई र पहाडका अन्य जिल्लाबाट समेत धेरै परिमाणमा कोदो आयात हुने गरेको कार्यालयले जनाएको छ। मदिरा बनाउन जिल्ला बाहिरबाट वार्षिक करिब  ५ सय मेट्रिकटन कोदो आयात भैरहेको ब्यापारीले बताएका छन्। कार्यालयका अनुसार तेह्रथुममा १९ हजार ८ सय ८४ कृषक परिवारले ३० हजार ४ सय २८ हेक्टर क्षेत्रफल जमिनमा खाद्यान्न खेती गर्दै आएका छन्।

चाडबाडको लागि मदिरा बनाउन भन्दै अन्य महिना भन्दा बढी भदौ असोजमा  कोदोको माग बढी हुने गरेको ब्यापारीहरुले बताउँछन्। पछिल्लो समय ब्याबसायीक रुपमा बंगुरपालन गर्नेहरुको सख्या बढ्दै गएकोले पनि धान, मकै, कोदोको माग अत्यधीक रहेको म्याङलुङ नगरपालिका ५ बस्ने बंगुर ब्याबसायी सन्तोष लिम्बुले बताए। उनका अनुसार सडक सञ्जालले गर्दा समेत अहिले जिल्लाका सबै वडाहरुमा सवारी साधन ट्याक्टर पुग्ने भए पछि गाउँसम्म पुग्ने गरेको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad