coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लघुवित्तले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न पाउने

काठमाडौं – लघुवित्त वित्तीय संस्थाहरुले पनि विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त लघुवित्तीय संस्थालाई मंगलबार निर्देशन जारी गर्दै तोकेको मापदण्ड पूरा गरेको अवस्थामा यस्तो सेवा सञ्चालन गर्न अनुमति दिएको हो।

राष्ट्र बैंकले तोकको मापदण्ड अनुसार विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्ने लघुवित्तीय संस्थाको चुक्ता पुँजी कम्तीमा १० करोड रुपैयाँ पुग्नुपर्नेछ । यसैगरी, कम्तीमा २० वटा शाखा कार्यालय सञ्चालन गरी २० हजार ग्राहकसँग कर्जा–बचत कारोबार गरेको हुनुपर्ने छ।

उनीहरुले राष्ट्र बैंकमा पेस गर्नुपर्ने तथ्यांक अनलाइनमार्फत पेस गर्ने प्रतिबद्धता पत्र पनि बुझाउनुपर्ने र भरपर्दो सूचना प्रविधि प्रणाली प्रयोग गरेको हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ । तोकिएको मापदण्ड पूरा गरेका लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकको अनुमति लिएर विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न सक्नेछन्।

 

प्रकाशित: १७ आश्विन २०७५ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App