coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाँच केजी सुन सहित एक पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले पाँच किलो सुन सहित तिनपिप्लेबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले बुधबार बिहान रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउन लागेको सुन सहित १८ वर्षीय सोबहादुर तामाङलाई पक्राउ गरेको हो।

बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सुनसहित १८ वर्षीय सोबहादुर तामाङलार्इ  पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। सुन कसको हो र कहाँ लान लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलन आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ।

 

प्रकाशित: १७ आश्विन २०७५ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App