४ वैशाख २०८१ मंगलबार
समाज

नागरिकसहितका राष्ट्रिय पत्रिका जलाइयो

कैलाली – वन विनाश गरेर गोदावरी जंगलमा राजधानी बनाउन लागेको समाचार नागरिक लगायतका राष्ट्रिय दैनिक पत्रिकाले समाचार लेखेको भन्दै भूमाफिया र काठ तस्करको समूहले कैलालीको अत्तरियामा राष्ट्रिय दैनिक पत्रिकाहरू जलाएका छन्। 

बुधबार बिहान ६ बजे पाँच–सात जनाको समूहले नागरिक दैनिक लगायका अन्य पत्रिका छोड्ने अत्तरियाको निलम पुस्तक पसल अगाडिबाट थुतेर सडकमा जलाएको छ। अत्तरियामा भूमाफिया र काठ तस्करहरुले पाँच÷सात जनालाई परिचालन गरेर अत्तरियामा रहेका नागरिक, कान्तिपुर र अन्नपूर्ण दैनिक पत्रिकाहरु जलाएका हुन्। पत्रिका जलाउनेहरुको खोजी कार्य भइरहेको प्रदेश ७ का प्रहरी प्रमुख सुरज केसीले बताए।

 

प्रकाशित: १७ आश्विन २०७५ ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App