सेक्सदेखि अपराधीसम्म

बुधबार, १७ असोज २०७५, ०८ : १२ सुनीता अर्याल

जहाँ समस्या, त्यहाँ समाधान ! बस चेतनाको अभाव छ । मनबाट शतप्रतिशत दृढ संकल्पका साथ म यो कार्य यसरी गर्छु नै भन्ने सोच हुँदा जे पनि गर्न सकिन्छ । मानवीय संसारमा नहुने गर्न नसकिने केही छैन । प्राकृतिक अटल सत्यबाहेक हरेक कुरा परिवर्तनशील छ । मनमा विश्वास र लगन छ भने हरेक कार्य सम्भव छ।

आजको विकसित क्रान्तिकारी समाजमा बलात्कार तथा यौन शोषणको समस्या चरम विन्दुमा पुगेको देखिन्छ । यस विकृतिपूर्ण अमानवीय प्रक्रियाको करण के हो भन्ने कुरा ठूलो रहस्य बनेको छ । हामी मानव जातिका लागि यो सोचनीय सवाल पनि हो । यो घृणित कार्य कहाँ घटित छैन ? घरभित्र, टोलमा, टोलभन्दा बाहिर, संस्थामा जहाँ तहाँ हरेक ठाउँमा यो अमानवीय घटना भएको पाइन्छ।

आजको युगमा बालिका र महिला कहीँ कतै सुरक्षित छैनन् । कतै कुनै ठाउँमा घरकै बुवा, हजुरबुवा जस्ता मान्य मुखिया कहलाउनेले आफ्नै छोरी–नातिनीलाई बलात्कार गरेको घटना सुनिन्छ भने कतै छिमेकीले सानी नानीलाई चकलेट चुसाउँदै यौन दुव्र्यवहार गरेको पाइन्छ । यतिमात्र होइन प्रगाढ प्रेमको नाममा कतै डेटिङको बहाना गरी बलात्कार र त्यसपछि हत्या जस्तो जघन्य अपराध पनि गरेको पाइएको छ । यस्ता अपराधका कुरा सुन्दा पनि आंग सिरिंग हुन्छ । यो अमानवीय विकृति आजको महत्वपूर्ण सवाल बनेको छ। 

यौन–चाहना, यौन–तृष्णामा लिप्त व्यक्तिको बाहुल्य छ । हो, प्रकृतिले दिएको आवश्यक कुरामध्ये यौन चाहना पनि एक अत्यन्त महत्वपूर्ण चाहना हो । जसको तृप्तिका निम्ति परम्परागत चलन विवाह बन्धन बनाइएको छ । तर अहिले उत्तेजना जगाउने सिनेमा, टिभी सिरियल, म्युजिक भिडियो, डान्सबार, सामाजिक सञ्जाल आदिको दुष्परिणाम स्वरूप ससाना नाबालिग बालबालिका पनि यौन–क्रियाकलापमा लागिरहेको पाइन्छ । वयस्क भएपछि बिहे गर्न पाउने कानुन त छ तर यौन उत्तेजनालाई बढावा दिने भिडियोहरूमा कतै मुस्लिम कन्ट्री जस्तो बन्देज छैन।

यौन चाहना केटा, केटीमा बराबर हुने प्राकृतिक गुण हो र यो आवश्यकता हुँदाको बेला इतिहास साक्षी छ, भगवान् तथा तपस्वी पनि सबै पूजा पाठ ऐस आराम भक्ति त्यागेर अप्सरा तथा स्त्रीका लागि भक्षक भएका छन् भने दोष कसको ? 
जब हरेक व्यक्तिका लागि यो यौन चाहना, तृष्णा अपरिहार्य छ भने यसको समाधान पनि घर परिवार तथा समाजले र विशेष गरी जसले जनहितका लागि विभिन्न नियम, कानुन र सुरक्षा व्यवस्था गर्छ अत्यन्त गम्भीरताका साथ विचार गरिदिनुपर्ने हुन्छ । उमेर नपुगेका बालबालिकाका लागि उचित यौन–शिक्षासम्बन्धी पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने देखिन्छ। 

लुकिछिपी देह व्यपार गर्ने महिला–पुरुषको हाम्रो नेपालमा कमी छैन । कहिले आपत्तिजनक अवस्थामा पक्राउ परेको सुनिन्छ त कहिले कतै सार्वजनिक स्थलमा नै यौन क्रियाकलाप गरिरहेको देखिन्छन् भने कतै कुनै डेरा, फ्ल्याट, अपार्टमेन्टलाई नै यौन व्यवसायको स्थल बनाएको पाइन्छ । तसर्थ सरकारले विद्यार्थीहरूको पाठ्यक्रममा अनिवार्य रूपले आवश्यकताअनुसार यौन शिक्षाका विषयवस्तुहरू पनि समावेश गर्नुपर्ने देखिएको छ । साथै विद्यालयमा पहुँच नरहेका किशोर–किशोरी तथा युवक–युवतीहरूका लागि पनि विशेष यौन शिक्षाको कक्षा सञ्चालन गराइनु अत्यन्तै आवश्यक छ । यसले गर्दा यौन सम्पर्कको परिणाम तथा दुष्परिणाम बारेमा सम्बन्धित पक्षलाई बोध हुन्छ । त्यस्तै यौन व्यवसायलाई व्यवस्थित बनाउन सरकारले नै रेडलाइट एरिया तोकी लाइसेन्स प्रदान गर्नुपर्ने माग पनि विभिन्न पक्षबाट उठ्न थालेको छ।

नेपालमा यौनजन्य सुरक्षाका लागि कानुनी व्यवस्था पनि नराम्रो त भन्न मिल्दैन किनभने बलात्कार तथा जबरजस्ती करणी जस्ता घिनलाग्दो अपराधका लागि केही कानुनी सजाय तोकिएको छ । अपराध (संहिता) ऐन २०७४ का अनुसार १० वर्ष वा कम उमेरकी बालिकालाई बलात्कार गरेमा १६ वर्षदेखि २० वर्षसम्मको सजाय तोकिएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्मकी बालिकालाई बलात्कार गरेमा १४ देखि १६ वर्षसम्म कैद हुने व्यवस्था छ । १४ देखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरेमा १२ वर्षदेखि १४ वर्षसम्म सजाय हुने कुरा उल्लेख छ । यसैगरी १६ देखि १८ वर्षसम्मकी बालिकालाई बलात्कार गरेमा ७ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था उल्लेख छ । यति मात्र होइन, वैवाहिक बन्धनमा बाँधिएका पति–पत्नीबीच पनि यदि पत्नीको इच्छाविरुद्ध जबरजस्ती करणी गरेमा ५ वर्षको सजाय तोकिएको छ। 

यसरी हेर्ने हो भने कानुन सकेसम्म बनाइएको छ तर कानुनको कार्यान्वयन फितलो पाइन्छ । कानुनी सजाय व्यवस्था हुँदाहुँदै पनि विभिन्न कारणले सजायका हकदार पनि सजाय नपाउने र विभिन्न कारणले मुद्दा दबाइने, छुट पाइने, कानुन रक्षक उच्च अधिकारीको नै संलग्नता हुने गरेको पनि पाइएको छ। 

हाम्रो समाजमा अहिले चरम सीमामा बलात्कार, जबरजस्ती करणी जताततैै सुनिन थालिएको छ । तसर्थ सम्बन्धित निकायले नियम कानुन उमेर अनुसारको सजाय नराखी बलात्कार क्रुर तथा घिनलाग्दो अपराध हो भन्ने कुरा मनन गर्दै बलात्कारीलाई अझ कडाभन्दा कडा सजाय आजीवन काराबास वा मृत्युदण्ड नै तोकिनुपर्ने कुराको माग आउन थालेको छ । तसर्थ ऐनलाई यथाशीघ्र संशोधन गरिनु समयको माग हुन आएको छ।

जबसम्म दह्रो दण्ड–सजाय तोकिन्न र त्यस सजायको निरीक्षण तथा अनुगमन हुन्न, हाम्रो समाजमा बालिका तथा सम्पूर्ण महिला बलात्कार तथा यौन जन्य अपराधको शिकार हुन गइरहन्छन् । आवश्यकता छ, सख्त कडा सजाय जसको कार्यान्वयनले बलात्कारीको मन मस्तिस्कमा यस्तो डर र त्रास उत्पन्न होस् जसको परिणामस्वरूप उनीहरूमा यस्तो घिनलाग्दो क्रियाकलाप गर्ने सोच नै नपलाओस्।







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad