coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यौन समस्या भए, किशोर क्लिनिक जानू

काठमाडौं – तपाईं किशोर उमेरको हुनुहुन्छ र कुनै यौन समस्याले चिन्तित हुनु भएको छ ? छ भने किशोरी–किशोरी क्लिनिकले तपाईंका समस्या सुल्झाउन मद्दत गर्छ।

सरकारले दुई वर्षदखि सञ्चालन गरेको किशोर–किशोरी प्रजनन तथा यौन स्वास्थ्य क्लिनिकमा आफ्ना समस्या लिएर जाने युवायुवतीको संख्या बढ्दै गएको प्रसूति गृहले जनाएको छ । अस्पतालमा दुई वर्षदेखि सो क्लिनिक सञ्चालनमा छ । क्लिनिकमा गर्भपतन, यौन स्वास्थ्य, प्रजननलगायतका स्वास्थ्य सेवा दिइने गरिएको छ।

किशोर–किशोरीका सबै समस्या एकै ठाउँमा समाधान हुने भएकाले क्लिनिक प्रभावकारी भएको स्वास्थ्य प्रशिक्षक डा. हाजिरमान राईले बताए । ‘सेवा लिन आउने किशोरीको संख्या बढेका छन् । सुरुका वर्षमा झन्डै दुई सयले यो सेवा लिएका थिए भने सेवा लिनेको संख्या हाल दोब्बरभन्दा बढी भएको छ,’ राईले भने । अस्पतालमा पुग्ने किशोरीलाई छुट्टै क्लिनिकमा राखेर आवश्यकता अनुसारको सेवा दिइने हुनाले यो सेवा प्रभावकारी बन्दै गएको डा. राईले बताए । उनका अनुसार हाल दैनिक १० किशोरीले सेवा लिएको क्लिनिकले जनाएको छ । सेवा लिनेमा १० वर्षदेखिमाथि र १९ वर्ष मुनिका किशोरी छन्।

अस्पतालको बहिरंग विभागमा सेवा लिन पुगेका किशोरीलाई प्रजनन तथा यौन स्वास्थ्य क्लिनिकमा पठाउने गरिएको छ । क्लिनिक पुगेका किशोरीलाई आवश्यकताअनुसार प्रसूति सेवा, गर्भजाँच र भविष्यमा कसरी यौन जीवनलाई व्यवस्थापन गर्ने भन्ने विषयमा परामर्श दिइन्छ । क्लिनककी डाक्टर निलिमा अमात्यले भनिन्, ‘तेह्र/चौध वर्षमै गर्भवती भएर आउने पनि छन् । तर त्यो संख्या न्यून छ, लगभग २ प्रतिशत मात्र ।’ क्लिनिकमा आउने किशोरीहरु विवाहअघि नै गर्भवती भएका, सानै उमेरमा भागी विवाह गरेर गर्भवती भएका र महिनावारी गडवडीको समस्या हुने गरेका छन्।

डा. अमात्यका अनुसार किशोरी उमेरमा विकसित यौन जिज्ञासा पूरा गर्ने क्रममा पुरुष साथीप्रति आकर्षित हुने र यौन सम्बन्धका कारण महिनावारीको गडवडी हुने समस्या लिएर क्लिनिकमा आउने किशोरी अधिक छन्। ‘किशोरकिशोरीहरुले जिज्ञासू अवस्थामा यौन जिज्ञासा मेटाउने क्रममा यौन सम्बन्ध राख्दा गर्भवती बनेर संकटमा परेका हुन्छन्,’ डा. अमात्यले भनिन्, ‘तिनलाई क्लिनिकमा परामर्श र आवश्यक सेवा दिइन्छ।’

अविभावकको सही परामर्शको अभावमा किशोर–किशोरीहरु गलत बाटोमा लागने डा. अमात्य बताउँछन् । नेपालमा अहिले पनि यौन तथा प्रजनन स्वास्थ्य र किशोर अवस्थामा आउने शारीरिक परिवर्तनका बारेमा खुलेर कुरा नगर्ने, बालबालिकाले सोधेको प्रश्नको उचित उत्तर अविभावकले नदिने गर्दा यौन जिज्ञासाले अन्ततः समस्या निम्त्याउने गरेको विज्ञहरु बताउँछन्।

डा. अमात्यका अनुसार दश वर्षमाथिका बालबालिकाको कुरा अविभावकले समय दिएर सुनेमा किशोर–किशोरीलाई जोखिममा पर्नबाट रोक्न सकिन्छ । किशोर उमेरमा आउने परिवर्तनलाई सम्बोधन नगर्दा किशोर–किशोरीहरु अनिच्छापूर्वक रुपमा विवाहपूर्व गर्भवती हुने र सानै उमेरमा पनि गर्भवती हुन पुग्छन् । पछिल्लो समय नेपाल सरकारले यौन शिक्षाका कार्यक्रम विद्यालय तहमा शिक्षकलाई तालिम दिएर पु¥याइरहेको प्रशिक्षक डा. हाजिरमान राईले जनाए । हाल नेपालका ४१ वटा जिल्लाका सबै स्वास्थ्य संस्थामा यो कार्यक्रम सञ्चालित छ । नेपालमा कुल जनसंख्याको ३३ प्रतिशत किशोर–किशोरीको छन्।

प्रकाशित: १७ आश्विन २०७५ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App