८ वैशाख २०८१ शनिबार
समाज

राजमार्ग क्षेत्रका अतिक्रमण हटाउन सुरु

बनेपा – सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गको साँगा भन्ज्याङदेखि धुलिखेल बसपार्कसम्म मापदण्डविपरीत बनाइएका संरचनाहरू भत्काउन थालेको छ । सडक अतिक्रमण गरी बनाइएका घर तथा टहराले सवारीसाधन मात्र होइन, पैदलयात्रुलाई समेत आवतजावतमा बाधा पुगेको भन्दै कार्यालयले त्यस्ता संरचना भत्काउन थालेको हो।

‘बनेपा नगरपालिकाको अग्रसरतामा स्थानीय प्रशासन तथा वडाअध्यक्षहरूले सडक क्षेत्रका संरचनाहरू भत्काउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सार्वजनिक सूचना दिँदासमेत घर टहराधनीले वास्ता नगरेपछि बाध्य भएर डोजर चलाउनु परेको हो’, कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले भने।

कार्यालयले राजमार्गको साँगा–चण्डेश्वरी खोला (२०.८७० किलोमीटरदेखि २६.५८५ किलोमीटर) खण्डमा सर्वोच्चको आदेशअनुसार साविकको २५ गज कायम गरी त्यस भूभागको अतिक्रमण हटाउने भनी सार्वजनिक सूचना जारी गरेको थियो । तर, सोही राजमार्गको बाँकी खण्डमा २५ मिटर (८२ फिट) मापदण्ड तोकिएको छ।

प्रकाशित: १७ आश्विन २०७५ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App