coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुई गाउँपालिका मिलेर सडक मर्मत

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाको सहकार्यमा दुई सडक खुलाइएको छ । वर्षाका कारण बन्द धाप्लाङ–धर्तुङ–चिसापानी सडक (३५ किलोमिटर) र बंशिलाघाट–दिप्लुङ–मौवाबोटे–चिसापानी सडक (२६ किलोमिटर) खुलाइएको हो।

दुई गाउँपालिका र तराई जोड्ने साझा सडक मर्मत गरी नियमित गाडी चल्ने बनाइएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए । जन्तेढुंगा गाउँपालिकाले चिसापानीदेखि मौवाबोटेको उक्वा खोलासम्म र त्यहाँदेखि बंशिलाघाटसम्म बराहपोखरी गाउँपालिकाले सडक मर्मत गरेका हुन् । दुवै गाउँपालिकालाई तराईसँग जोड्ने सडक मर्मतपछि उपभोग्य सामग्री ढुवानी सहज भएको स्थानीय बासिन्दाले बताएका छन्।

प्रकाशित: १७ आश्विन २०७५ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App