coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रालयले माग्यो जिल्ला समन्वय समितिको मौज्दात विवरण

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका जिल्ला समन्वय समितिका नाउँमा भएको रकमको विवरण मागेको छ । मन्त्रालयले देशभरका समन्वय समितिलाई पत्र लेख्दै खातामा भएको रकमको विवरण माग गरेको हो।

मन्त्रालयले लेखेको पत्रमा हालको जिल्ला समन्वय समिति (साविकको जिल्ला विकास समिति) समेतका नाउँमा रहेको खातामा रहेको विवरण आवश्यक भएकाले ७ दिनभित्र रकमको मौज्दात विवरण उपलब्ध गराइदिन भनिएको छ । पत्रमा समितिको नाउँमा रहेको कोष खाता, विशेष खाताहरू र चल्ती खातामा रहेको रकमको मौज्दात विवरण मन्त्रालयलाई आवश्यक परेको हुँदा कोष तथा लेखा नियन्त्रक मार्फत उपलब्ध गराउन भनिएको छ।

प्रकाशित: १७ आश्विन २०७५ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App