४ वैशाख २०८१ मंगलबार
राजनीति

शान्तिपूर्ण बाटोबाट परिवर्तन सम्भव : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसा र शान्तिको बाटोबाट नेपालमा मात्र नभएर विश्वामै ठूला परिर्वतन सम्भव रहेको बताएका छन् । माहात्मा गान्धीको १५०औं जयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले शान्तिपूर्ण बाटोबाट सबै समस्याको समाधान सम्भव रहेको दाबी गरेका हुन्।

शान्ति र अहिंसाको बाटो ढिला हुने जनाउँदै सभापति देउवाले भने, ‘अहिंसा र शान्तिको बाटो सजिलो पनि छैन तर त्यसबाटै सबै समस्याको समाधान सम्भव छ ।’ भारतको स्वतन्त्रता आन्दोलन मात्र नभएको नेपालमा प्रजातन्त्र पुनस्र्थापनका लागि २०४६ र ०६२/६३मा भएको जनआन्दोलन शान्ति र अहिंसात्मक भएको उल्लेख गरे । ‘गान्धीकै बाटोबाट २०४६ र पछिल्लो जनआन्दोलन सफल भएका हुन्,’ देउवाले भने, ‘त्यही बाटोबाट ठूला परिर्वतन र उपलब्धि हुनसक्छन् भन्ने हामीले उदाहरण प्रस्तुत गरेका छौं ।’

गान्धीको अहिंसा र शान्तिको बाटो आगामी दिनमा पनि उत्तीकै सान्दर्भीक रहेको उल्लेख गर्दै देउवाले बीपी कोइराला,महेन्द्रनाराण निधिसहितका नेताहरूले त्यसलाई नै अनुसरण गरेको सुनाए । कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले शान्ति र अहिंसाको बाटोबाट भएके परिर्वतन मात्र दिगो हुने दाबी गरे । ‘बन्दुकको नालबाट भएको परिर्वतन टिक्दैन,’ निधिले भने, ‘अहिंसा र शान्तिबाट भएको परिर्वतन मात्र टिकाउ र भरपर्दो हुन्छ ।’

उद्देश्य पवित्र भए पनि प्राप्ति गर्ने बाटो पनि पवित्र हुनुपर्ने तर्क गर्दै उपसभापति निधिले शान्ति र अहिंसाको बाटो नै उत्तम भएको दाबी गरे । जनताको सहभागिता नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था स्थिर हुननसक्ने जिकिर गर्दै निधिले परिर्वतनको व्यवस्थापन गर्न राजनीतिक दलहरू चुकेको सुनाए।

नेपालमा लोकतन्त्र स्थापनमा भारतको साथ र सहयोग रहे जस्तै भारतको स्वतन्त्रता आन्दपनि नेपालको महŒवपूर्ण भूमिका रहेको स्मरण गराउँदै निधिले भने, ‘हामी इक्वयलफुटिङका देश हौं ।’ नेपाल सानो देश हकुनै पनि उद्देश्य पबित्र भएर मात्र नहुने भन्दै उनले प्राप्तिको बाटो पनि पबित्र हुनुपर्ने विचार व्यक्त गरे । कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरीले माक्र्सका नामबाट २० औं शताब्दीमा जुन खालको उथलपुथल आएको थियो, त्यसैगरी गान्धीका नामबाट २१ औं शताब्दीमा उथलपुथल आउने दाबी गरे।

गान्धीको वास्तविक क्रान्तिकारितालाई मानिसहरूले अझै बुझ्न नसकेको धारणा राख्दै गिरिले भने, ‘मान्छेको पहिचान फरक फरक भए पनि सबै मनुस्य एक हुन् । आत्मसम्मानका साथ बाँच्नुस् भन्ने नै गान्धीको केन्द्रीय शिक्षा यही हो ।’ सबैलाई रचनात्मक जिम्मेवारी दिनु पनि गान्धी शिक्षा रहेको सुनाउँदै कांग्रेस सभापति देउवालाई पार्टीभित्र रचनात्मक कामसहितको अभियान थाल्न सुझाए । ‘यसबाट पार्टीका कार्यकर्ताले रोजगार पाउनेछन्’, उनले भने ‘बास्तबिक गान्धी विचार भनेको यही हो।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य घनश्याम भुषालले गान्धीको अहिंसात्मक आन्दोलनको बाटो नै परिवर्तनका लागि उपयुक्त बाटो हुने दाबी गरे । ‘गान्धी हिंसावादी होइन तर उहाँले नेतृत्व गरेको इतिहास रक्तरञ्जित छ,’ उनले भने।

भारतीय जनता पार्टीका प्रवक्ता तरुण विजय, भारतीय राष्ट्रिय कांग्रेसका सचिव चन्दनकुमारले नेपाल र भारतबीच गान्धीका बिचारले सेतुको काम गरेको टिप्पणी गरे । भारतीय स्वतन्त्रताको आन्दोलनमा बिपी कोइरालालगायतका नेता र नेपाली जनताको साथ र सहयोग रहेको स्मरण गर्दै तरुणले बिपीलाई नेपालका गान्धीको संज्ञा दिए । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले दुनियालाई नयाँ किसिमको विचार दिएर गान्धीले राजनीतिक र सामाजिक रूपान्तणको सुरुवात गरेको बताए।

प्रकाशित: १७ आश्विन २०७५ ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App