६ वैशाख २०८१ बिहीबार
खेल

कुनै डर छैन : माउरिन्हो

लन्डन – क्लबकोे लगातार खराब प्रदर्शनले निरन्तरता पाइरहे पनि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले क्लबमा आफ्नो भविष्यका बारेमा कुनै डर नभएको बताएका छन्।

इङ्लिस लिग कपमा डर्बी काउन्टीलाई नतिजा सुम्पँदै प्रतियोगिताबाट बाहिरिएको युनाइटेडले इङ्लिस प्रियिमर लिगका पछिल्ला २ खेलमा पनि निराश हुनुपरेको थियो । उल्भरह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको युनाइटेडले गत शनिबार वेस्ट ह्यामसँग ३–१ को हार बेहोरेको थियो । यस नतिजापछि युनाइटेड प्रिमियर लिग अंकतालिकाको १०आंै स्थानमा झरेको थियो।

‘क्लबमा सबै खेलाडी भिन्न छन्, कुनै पनि खेलाडी एकै किसिमका छैनन,’ माउरिन्होले भने, ‘मैले क्लबमा कुनै समस्या देखेको छैन । तपाईं र मैले हेर्ने दृष्टिकोण फरक छ । बाहिर हल्ला भएजतिको समस्यामा क्लब छेैन।’

‘क्लबले गरेको हरेक प्रदर्शनको जिम्मेवारी मैले लिएको छु,’ माउरिन्होले थपे, ‘पक्कै पनि क्लबले पछिल्ला केही खेलमा लयअनुसारको प्रदर्शन गर्न नसकेकै हो । तर यसको अर्थ क्लबको स्तर खस्कियो भन्ने होइन । हामी निरन्तर अभ्यासमा छौं र छिट्टै स्वाभाविक लयमा फर्कनेमा विश्वस्त छौं।’

युनाइटेडले जारी सिजन प्रिमियर लिगका ७ मध्ये ३ खेलमा हार बेहोरेको छ । जुन क्लबले् १९८९–९० सिजनपछिकै खराब प्रदर्शन हो।

‘म क्लबका पदाधिकारीसँग छलफलमा हुनु वा नहुनु व्यक्तिगत कुरा हो,’ क्लब उपाध्यक्ष एड उडवार्डसँगको भएको छलफलका बारेमा सोधिएको प्रश्नमा आक्रोशित माउरिन्होले भने, ‘मैले तपाईंहरूलाई कोसँग भेट्नुभयो र कोसँग बोल्नुभयो भनेर सोधेको छ ? यो व्यक्तिगत कुरा हो।’

‘क्लबमा सबैको भूमिका फरक छ । कुनै एक खेलाडीको प्रदर्शनमा टोलीले सुखद नतिजा ल्याउने होइन । त्यसैले सबैले मिहिनेत गर्न आवश्यक छ,’ माउरिन्होले भने, ‘जब हामीले जित्नेछांै सबै खेलाडी विजेता हुन् र जब हामी हार्छाैं सबै खेलाडी पराजित टोलीका सदस्य हुन् । त्यसैले जितसँगै हारमा पनि आफ्नो भूमिका केलाउन आवश्यक छ।’

प्रकाशित: १७ आश्विन २०७५ ००:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App