८ वैशाख २०८१ शनिबार
खेल

सातौं चरणमा नेपाल इटालीसँग पराजित

काठमाडौं – जर्जियामा जारी ४३औं चेस ओलम्पियाडको सातौं चरणमा नेपालको पुरुष टोली इटालीसँग २.५–१.५ ले पराजित भएको राखेपले जनाएको छ । सोमबार राति भएको खेलमा नेपालले अन्तिम क्षणमा इटालीसँग बराबरी गर्ने मौका गुमाएको थियो । हारसँगै नेपालले आठ अंक बनाएको छ। 

नेपालका सिएम हिमाल लामाले इटालीका माकल गाडेनालाई हराए । हिमाल जारी ओलम्पियाडमा जिएमलाई पन्छाउने दोस्रो नेपाली खेलाडी हुन् । यही प्रतियोगिताको पहिलो चरणमा नेपालका रिजेन्द्र राजभण्डारीले क्यानाडाका जिएमलाई हराएका थिए । तीन जना जिएम र एक आइएमसँग भिडेको नेपाली टोलीमध्ये रिजेन्द्रले आइएम अलेसियो भाल्सेचीलाई बराबरीमा रोकेका थिए । अर्काे बोर्डमा मदनकृष्ण कायस्थ लुका मोरोनीसँग र रूपेश जैसवाल साविनो ब्रनेलोसँग पराजित भए । आठौं चरणमा नेपालले आयोजक जर्जिया–२ सँग प्रतिस्पर्धा गर्नेछ। 

यसै गरी महिलातर्फ सातौं चरणमा नेपाल विजयी भएको छ । नेपालले सोमबार राति भएको खेलमा सुरिनामलाई २.५–१.५ ले हरायो । नेपालकी मोनालिसा खम्बुले अलेक्ससान्द्रालाई र सुजना लोहनीले रेना फ्रिज्डेलाई हराए । सिन्दिरा जोशीले क्याथरिन कास्लानलाई बराबरीमा रोक्न सफल भइन् । सुशीला गुरुङ क्यातलिन तिजोङ जोईसँग पराजित भएकी थिइन् । आठौं चरणमा नेपालको महिला टोलीले निकारागुवासँग प्रतिस्पर्धा गर्नेछ।

 

प्रकाशित: १७ आश्विन २०७५ ००:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App