७ वैशाख २०८१ शुक्रबार
अन्य

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक: माओवादी केन्द्र

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोे भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ ।

 प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आआफ्नो धारणा राख्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

उनले भने-“हिजो प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे बैठकलाई जानकारी गराउनुभएको थियो, त्यसमाथि आज सदस्यहरुले आफ्नो धारणा राख्नुभयो ।”

प्रवक्ता भुसालले भने- “भ्रमणले दुई देशबीच र दुई देशका जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, भूकम्पपछिको पुनःनिर्माणमा भारतको थप सहयोग प्राप्त हुनु र नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गर्नुलाई भ्रमणको मुख्य उपलब्धिका रुपमा बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा केही सदस्यहरुले भारत भ्रमणका क्रममा आएको दुई देशको संयुक्त वक्तव्यका केही विवादास्पद बुँदाबारे थप प्रष्ट पार्न आवश्यक रहेको धारणा राखेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको अनियमितताको सम्बन्धमा थालेको अनुसन्धानबारे बैठकमा कुनै छलफल नभएको प्रवक्ता भुसालले जिकिर गरिन्।। केन्द्रीय कार्यालयको अर्को बैठक भोलि पनि बस्नेछ । रासस

प्रकाशित: ४ आश्विन २०७३ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App