विमला र पुनम छनोट

बुधबार, १७ असोज २०७५, ०५ : ३५ नागरिक

काठमाडौं – आर्मीका विमला श्रेष्ठ र पुनम रावलले आसन्न विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने भएका छन्।

आगामी नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँ दिल्लीमा वाइवा विश्व महिला बक्सिङ च्याम्पियनसिप सुरु हुँदै छ । नेपालबाट ५१ केजीमुनि विमला तथा ६० केजीमुनि पुनमले  प्रतिस्पर्धा गर्नेछन् । विश्व च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगितामा ५१ केजीमुनि तौलसमूहमा त्रिभुवन आर्मीकी विमला श्रेष्ठ र ६० केजी तौलसमूहमा आर्मीकै पुनम रावल छनोट भएका छन्।

सातदोबाटोस्थित रिङमा दुई दिनसम्म चलेको छनोट प्रतियोगिताको फाइनलमा मंगलबार विमलाले आफ्नै विभागकी मनु गुरुङलाई ५–० अंकका आधारमा पराजित गरिन् । त्यस्तै ६० केजीतर्फ आर्मीकी पुनमले प्रतिस्पर्धात्मक खेलमा एपिएफकी संगीता सुनारको चुनौती ३–२ अंकका आधारमा पन्छाइन्।

यसबीचमा पुनम र विमलालाई खेलकुद प्रवर्धन संस्थाका पुष्करराज पन्त र बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले नगद  ५÷५ हजार प्रोत्साहन पुरस्कार प्रदान गरे । छनोट हुन सफल खेलाडीलाई  राखेप सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष  राम अवाले, गुरु सुरेशसिंह आलेलगायतको उपस्थिति थियो।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad