७ वैशाख २०८१ शुक्रबार
समाज

शिक्षक महासङ्घद्वारा आन्दोलन घोषणा

काठमाडौँ- नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च सङ्घीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेको जानकारी दिए।
महासङ्घले यही असोज २१ देखि मङ्सिर २१ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। यसैगरी महासङ्घले शिक्षासम्बन्धी हरेक अङ्गमा आफूहरुको अनिवार्य उपस्थित गराउनसमेत माग गरेको छ। रासस 

 

प्रकाशित: १६ आश्विन २०७५ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App