coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मलामी बोकेको जिप दुर्घटना हुँदा १३ घाइते

अर्घाखाँची- जिल्लाको सितगंगा नगरपालिका वडा नं. २ सितापुरमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। नवलपरासीबाट मलामी लिएर हंसपुर आउँदै गरेको लु १ ज २३६९ नं. को जिप विहान  दुर्घटना भएको हो।

दुर्घटनामा ३६ वर्षिय विकास केसी, २६ वर्षिय बालकृष्ण शाह, २७ वर्षिय सुरज पुन, ४८ वर्षिय उदय पुन ५४ वर्षिय शिव बहादुर घर्तीमगर, ४८ वर्षिय बोम बहादुर पुन गम्भीर घाइते भएका छन्। यस्तै ४२ वर्षिय यज्ञ बहादुर पुन, ५४ वर्षिय टिकाराम पुन, ४३ वर्षिय नरबहादुर पुन, २४ वर्षिय भोविश पुन, २९ वर्षिय अर्जुन पुन, ३५ वर्षिय ज्ञानबहादुर पुन र २३ वर्षिय चालक नारायण अधिकारी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए। घाइतेहरुको लुम्विनी अञ्चल अस्पताल वुटवलमा उपचार भइरहेको छ।  जिप सडकबाट करिव  १ सय मिटर तल खसेको थियो।  

प्रकाशित: १६ आश्विन २०७५ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App