coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नरहरिनाथ गाउँपालिकामा कांग्रेसको ताला

कालिकोट- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको सम्पर्क कार्यालयमा तालाबन्दि गरिएको छ। नेपाली कांग्रेस कालिकोटले कार्यालयमा ताला लगाएको हो। गाउँपालिका प्रमुख धिरबहादुर बिष्टले विकास निर्माणमा समन्वयकारी भुमिका नखेली एकलौटी गरेको भन्दै कांग्रेस कार्यकर्ताले कार्यालय घेराउ गर्दै ताला बन्दी गरेका हुन्।

नरहरिनाथ गाउँपालिकामा कर्मचारी नियुक्ति, योजना बाँडफाँड, उपभोक्ता समिति गठन प्रक्रियाल गायतका काममा आफ्ना नजिककालाई भर्ती गरेको कांग्रेसले आरोप लगाएको छ। गाउँपालिकामा जनप्रतिनिधिले गरेका नराम्रा कामको खबदारीका लागि गत भदौ ३१ गते १६ वुँदे असहमति पत्र कांग्रेसले पेश गरेको थियो। उक्त असहमतिलाई समझदारी नगरी झनै बेवास्ता गरेको तत्कालीन स्थानीय चुनावमा अध्यक्ष पदबाट पराजित भएका मिनबहादुर बोगटीले बताए।

मंगलबार तालाबन्दीपछि नेपाली कांग्रेस कालिकोटले पत्रकार सम्मेलन गरेको थियो। पत्रकार सम्मेलनमा ताला लगाउनुको मुख्य काराण गाउँपालिकामा लागु भएका प्रत्येक योजनामा अनियमितता गरेको आरोप लगाइएको छ।

गाउँपालिले तीन ठूला सडक योजना निर्माण गर्दा तत्कालीन एमाले र माओवादीका नेता कार्यकर्ताललाई उपभोक्ताको जिम्मा गाउँपालिकाले दिएको भन्दै कांग्रेसल विरोध गरेको छ। 

नेपाली कांग्रेसलाई विकास निर्माणबाट फाखा लगाएर एकलौटी राज गरिएकाले ताला लगाउन बाध्य पारिएको कांग्रेस कालिकोटका प्रवक्ता नगेन्द्र बिष्टले बताए।

गाउँपालिकाले तिब्र रुपमा विकास निर्माणका काम गरेकाले कांग्रेसले रिसका कारणले सम्पर्क कार्यालयमा तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए। ‘हामीले उपभोक्ता समितिलाई प्राबिधिक इस्टमेटकै आधारमा विल भुक्तानी गरेका छौँ।’ अध्यक्ष विष्टले भने,‘आधारहिन आरोप लगाएर खाली प्रचारमा आउनका लागि तालाबन्दी गरेका हुन्।’

प्रकाशित: १६ आश्विन २०७५ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App