८ वैशाख २०८१ शनिबार
समाज

अरिंगाल काढ्ने क्रममा लडेर गम्भीर घाइते

खोटाङ– खोटाङमा अरिंगाल काढ्नेक्रममा रुखबाट लडेर एक युवा गम्भीर घाइते भएका छन्। अरिंगाल काढ्नका लागि रुखमा चढेको समयमा लड्दा साकेला गाउँपालिका–३ खिदिमा कोक्राका इन्द्रकुमार राई (रमेश) गम्भीर घाइते भएका हुन्। असोज १२ गते साँझ पात्लेको रुखमा चढ्ने क्रममा करिब डेढ सय फिटमाथिबाट लडेका राईको अझै होस नखुलेको आफन्त सीताराम राईले बताए।

रुखबाट लडेपछि गम्भीर घाइते राईलाई असोज १३ गते हेलिकोप्टर चार्टर गरेर काठ्माडौंको मेडिकेयर अस्पतालमा पु¥याइएको छ। असोज १३ गतेदेखि आइसियूमा राखेर उपचार थालिए पनि बेहोस राईको होस् खुल्न सकेको छैन। उनको मस्तिष्कमा गम्भीर असर पुगेको बताइएको छ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीले शल्यक्रिया गर्न नमिल्ने भएकाले औषधिको माध्यमबाट मात्र उपचार गर्नुपर्ने बताएको आफन्त मिलन राईले बताए।

उपचार खर्चका लागि हारगुहार !

अरिंगाल काढ्नेक्रममा गम्भीर घाइते भएका राईको उपचारका क्रममा आर्थिक समस्या भएको छ। हेलिकोप्टर चार्टर गर्नेक्रममै ऋणमा परेका राईको औषधि उपचारकाक्रममा लाग्ने थप खर्चको अभाव भएको हो। उनलाई लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले वडा कार्यालय खिदिमाले सोमबार आर्थिक सहयोगका लागि सिफारिस दिएको छ। आर्थिक अवस्था कमजोर भएको र आफैले उपचार गर्न सक्ने अवस्था नभएकाले सहयोगका लागि सिफारिस दिएको वडा कार्यालयले जनाएको छ।

श्रीमती टिना समेत ब्रेन ट्यूमरको समस्याबाट पिडित भएको अवस्थामा राई पनि लडेर गम्भीर घाइते भएपछि परिवारमा संकट आइपरेको आफन्तले बताएका छन्।

प्रकाशित: १६ आश्विन २०७५ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App