'मेजुका स्मार्टफोन रिजनेबल र प्रविधियुक्त'

मङ्गलबार, ०४ असोज २०७३, १२ : १४ नागरिक

मेजु कम्पनी नेपालमा

काठमाडौं- दुईवटा स्मार्टफोन सार्वजनिक गर्दै चीनको विश्व चर्चित कम्पनी मेजु टेक्नोलोजी नेपालमा प्रवेश गरेको छ। युवी क्युटी प्रालिलाई नेपालको आधिकारिक बिक्रेता बनाउँदै कम्पनीले सोमबार आफ्ना स्मार्टफोन सार्वजनिक गरेको हो।

सोमबार विशेष कार्यक्रमबीच कम्पनीले मेजु एम ३ नोट र मेजु एम ३ एस सार्वजनिक गरेको छ। मेजु टेक्नोलोजीका साउथ एसियाका मार्केटिङ प्रमुख लिआन जाङले आफ्ना दुई उत्पादन सार्वजनिक गरे। स्मोर्ट फोन प्रयोगकर्ताका लागि शक्तिशाली ओएस र आकर्षक बनावट सहितको एम ३ नोट र एम ३ एस राम्रो विकल्प हुन सक्ने उनले बताए।

एम ३ नोटको बजार मूल्य २४ हजार ९ सय ९५ र एम ३ एसको मूल्य २१ हजार ४ सय ९५ रुपैयाँ रहेको कम्पनीले जानकारी गरायो।

एउटै बटनले होम की अपरेसन, ब्याक की अपरेसन, फिंगरप्रिन्ट अपरेसन लगायत काम एकैपटक गर्न सकिने एम ३ नोटको विशेषता रहेको कार्यक्रममा जानकारी गराइयो। कम्पनीका अनुसार फिंगरप्रिन्ट सेन्सरको माध्यमबाट मेजु एम ३ नोटले ०.२ सेकेन्डमै प्रयोगकर्ताको पहिचान गर्न सक्छ।

मेजु एम ३ नोटमा १३ मेगा पिक्सेल रियर क्यामरा र ५ मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ। ५ इन्च हाइ–डेफिनेसन स्त्रि्कन भएको मेजु एम ३ एस पूरै मेटलबाट बनेको छ जुन फोन ग्रे, सिल्भर र गोल्डेन कलरमा उपलब्ध रहेको छ। यसमा १३ मेगापिक्सल रियर क्यामरा सहित ५ मेगा मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ।

'मेजुका स्मार्टफोन रिजनेबल र प्रविधियुक्त'

लिआन जाङ, साउथ एसिया मार्केटिङ प्रमुख, मेजु टेक्नोलोजी

मेजु चीनको स्मार्टफोन उत्पादनमा उत्कृष्ट १० ब्रान्डमा पर्छ। सन् २००३ मा स्थापित चीनको जुहाईमा मुख्य कार्यलय रहेको कम्पनीले सन् २००८ मा स्मार्टफोनको बजार नेपालमा विस्तार गरेको अवसरमा नागरिकका सन्तोष न्यौपानेले मेजु टेक्नोलोजीका साउथ एसियाका मार्केटिङ प्रमुख लिआन जाङसँग गरेको छोटो कुराकानी :  

मेजु नेपालका उपभोक्ताका लागि नयाँ ब्रान्ड हो। यस ब्रान्डका बारेमा केही बताइदिनुस् न!

हामी चीनमा उत्कृष्ट ५ स्मार्टफोन उत्पादन गर्ने कम्पनीमा पर्छौं। मेजुसँग उत्कृष्ट स्मार्टफोन छन्। नेपालको बजारमा हामीले हाम्रो उत्कृष्ट उत्पादन प्रस्तुत गर्न चाहन्छौं। यसैकारण हामी नेपाली बजारमा आएका हौं।

नेपाली बजारमा यसअघि नै थुप्रै चर्चित ब्रान्डका स्मार्टफोन छन्। यो अवस्थामा तपाईंहरूको कस्तो रणनीति रहने छ?

पहिलोपटक हामीले एम ३ नोट र एम ३ एसलाई नेपाली बजारमा ल्याएका छौं। पहिला हामी यी उत्पादनबारे उपभोक्ताको प्रतिक्रिया लिनेछौं। बिस्तारै हाम्रो सेवा विस्तार गर्दै जानेछौं। बिक्रीपछिको सेवालाई पनि महत्व दिनेछौं।

स्मार्टफोनमा धेरै किसिमका समस्या आउँछन्। ती समस्या समाधान गर्न बिक्रीपछिको सेवालाई कसरी लिनुभएको छ?

हामीले अर्को महिना काठमाडौंको सिटी सेन्टरमा सर्भिस सेन्टर खोल्दैछौं। बिस्तारै नेपालभर सर्भिस सेन्टर विस्तार गर्ने योजना छ। मेरो विचारमा यी सर्भिस सेन्टरले उपभोक्तालाई पर्ने समस्या समाधान गर्नेछन्।

नेपालका उपभोक्ता तुलनात्मक रुपमा मध्यमस्तरका फोन उपभोग गर्न सक्छन्। तपाईंले ल्याउने फोन नेपाली उपभोक्ताका लागि किन्न सक्ने मूल्यमा छन्?

मेरो विचारमा यहाँका उपभोक्ताका लागि हाम्रा फोन रिजनेबल छन् किनभने हाम्रा फोन प्रविधियुक्त छन्। साथै हामीले उपभोक्ताको प्रतिक्रिया पनि लिनेछौं त्यसपछि केही परिवर्तन पनि हुनसक्छ।

मेजुसँग अहिले कति उत्पादन छन्?

अहिले हामीसँग तीनवटा फरक–फरक सिरिज छन्। प्रत्येक सिरिजमा विभिन्न उत्पादन छन्। यी उत्पादन देश अनुसार फरक–फरक छन्। माग अनुसार पनि उत्पादन हुन्छन् किनभने क्षेत्रअनुसार फरक चाहना हुन्छ। 

नेपाली उपभोक्ताका लागि तपाईंको केही सन्देश छ?

हामीले नेपालमा अरु धेरै उत्पादन ल्याउनेछौं। हाम्रो कम्पनीले स्मार्टफोनमात्र उत्पादन गर्दैन। यसका साथै अन्य स्मार्ट डिभाइस पनि उत्पादन गर्छौं। यी डिभाइस नेपालका लागि उपयुक्त हुन सक्छन्। यो राम्रो सुरुआत भएको छ। हामीले नेपालमा हाम्रा उत्पादन ल्याएका छौं।






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad