coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भौतिकशास्त्रको नोबेल पुरस्कार तीन जनालाई

काठमाडाै – सन् २०१८का लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक अर्थर अस्किन, फ्रान्सेली नागरिक ग्रेरार्ड माउरोउ र क्यानेडेली नागरिक डोन्ना स्ट्रिकल्यान्डलाई प्रदान गरिने भएको छ।

लेजर फिजिक्सको क्षेत्रमा उल्लेख्य योगदान पुराएका कारण उनीहरुलाई भौतिक शास्त्रतर्पmको पुरस्कार दिइएको रोयल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ। उनीहरुले विकसित गरेको पद्धतिले चिकित्सा, उद्योग, मनोरञ्जन, फाइबर अप्टिकल सञ्चार, सिडी, सिडी रोम र डिभिडीमा महत्वपूर्ण भूमिका खेलको छ।

पुरस्कारको राशि अस्किनले आधा र माउरोउ र स्ट्रिकल्यान्डले बाँकी रहेका भाग प्राप्त गर्ने छन्। क्यानेडेली स्ट्रिकल्यान्ड भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्ने तेस्री महिला हुन। सन् १९०१ देखि नै भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गर्दै आएको छ।  

 

प्रकाशित: १६ आश्विन २०७५ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App