coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्कूलमा बम राख्ने ३ जना पक्राउ

फोटो सौजन्यः रुटिन अफ नेपालबन्द फेसबुक पेज

काठमाडौं— काठमाडौं उपत्यकाका विभिन्न स्कूलमा बम आतंक मच्चाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

काठमाडौं उपत्यकाका विभिन्न स्कूलहरूमा राखिएको शंकास्पद वस्तुबारे प्रहरीद्वारा गहन अनुसन्धान भई रहेको र हाल सम्म ३ जना शंकित व्यक्तिहरूलाई नियन्त्रणमा लिइ सोधपुछ तथा थप अनुसन्धान प्रक्रिया अगाडि बढि रहेको।

प्रहरीका अनुसार ललितपुरको रेडियन्ट स्कूल, काडमाडौंको डल्लुस्थित कञ्चनजंगा, स्कूल, बौद्धस्थित राई स्कूल, आकाशीदप स्कूल, इस्टपोल स्कूल र दक्षिणढोकास्थित मनोकामना स्कूलमा बम राखिएको हो।

मनोकामना र आकाशदीप स्कूलमा बम विस्फोट भएको पाइएको प्रहरीले जनाएको छ।

मनोकामना स्कूलमा बिहान केही पड्किएको आवाज सुनिएको छिमेकी स्थानीयले बताएका छन्। विस्फोट गरिएको स्थानमा योङ कम्युनिस्ट फोर्स नेपालको पर्चा भेटिएको छ। अन्य तीन स्थानमा शंकास्पद वस्तु भेटिएको एआइजी प्रतापसिंह थापाले बताए।

विस्फोटक पदार्थलाई निस्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भएको छ।

प्रकाशित: ४ आश्विन २०७३ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App