नयाँ शक्ति :  के हो?

शुक्रबार, १० असार २०७३, ११ : ०२ नरेन्द्रजंग पिटर

दोहोर्‍याइरहनु नपर्ने विषय के हो भने जब एक जना मान्छेले देखेको, बुझेको सामाजिक अन्तरविरोध र युगान्तकारी चित्कारलाई समकालीन समाजमा एकै पटक सपना देखाउन सक्छ र भूमिकामा उतार्न ललकार्न सक्छ त्यो युगको शक्ति र नवनिर्मार्णको शक्ति हुन सक्छ भन्ने कुरा।  त्यही हो र थियो...माओवादी जनयुद्ध। तर के भो? कसो भो?

एकपटक एकीकृत माओवादी नेतृत्व टिमसमक्ष नै भनेको थिएँ– तपाईँहरुको यो उचाइ, औकात र अवस्था भनेको निजी योग्यता, क्षमता र भूमिकाले मात्रै हैन, त्यसका लागि आन्दोलनले, हजारौँका बलिदानले, समयले कष्ट साधन गरेकाले, देशले ठूलो मूल्य चुकाएकाले हो।  इतिहास अन्त भो,  सिद्धान्त अन्त भयो भनेर संसारमै ढोल पिटिइरहँदा विश्वले नयाँ अभ्यासलाई आशा र विश्वासले हेरिरहेको थियो। तर तपाईँहरु भने आपसमा यस्तो भिडन्त गर्र्दै हुनुहुन्छ कि पार्टी भनेको कसैको विर्ता होस् र त्यहाँ वंश र अंशका कुरा हुन्।' मूल नेतृत्वको आँखाको कसिंगर बन्न त्यही नै पर्याप्त थियो।

जब विराटनगर भेलामा आफ्ना योजना पूरा हुन सकेनन् तब डा. बाबुराम भट्टराई कैलाश मानसरोवरको तीर्थाटनमा निस्कनुभयो। शान्ति युद्ध चरममा पुगेको थियो। चुनावपूर्व क्षेत्रगत खटिएका केन्द्रीय सदस्यको फिल्डगत हावादारी रिपोर्टका आधारमा चुनावी रणनीति बनेे। त्यसको परिणामबारे यहाँ चर्चाको आवश्यकता नै रहेन। उहाँसँगको पछिल्लो भेटताका नयाँ शक्ति पार्टी (नशने) निर्माण क्रममा जोडतोडले लागिरहनुभएको थियो। जनयुद्ध समीक्षा क्रममा नेतृत्व सीमा, समस्या कहाँ कसरी रहे? त्यसका कारणमा युद्धका राप, चाप र तीव्रताका बेला राजनीतिलाई कम्युनिस्ट आदर्श र सांस्कृतिकीकरण गर्न नसकेकाले हो भन्ने मेरो भनाइमा उहाँको अचम्मको तर्क थियो– हामीले जनयुद्धमा कहाँ पो कम्युनिस्ट विद्रोह गरेका थियौ र! त्यो त मात्र रेडिकल डेमोक्रेटिक मोभमेन्ट पो थियो।' म उहाँसँग दोस्रो वार्ताकालमा हापुरेमा सँगै थिएँ। जनयुद्धमा मेरो सहभागिता कम्युनिस्ट विद्रोह भनेर थियो, उहाँका आदर्श पछ्याएर बलिदान दिनेले पनि माओवादी कम्युनिस्ट बनेरै र उहाँलाई कम्युनिस्ट सोचेरै लागेका थिए। पार्टीको नीति निर्माण र ड्राइभिङ सिटमा रहेका उनी भने रेडिकल डेमोक्रेटिक मोभमेन्ट पो गरेका थियौँ' भन्छन् वा! यो आफ्नै विगतप्रति भद्दा ठट्टा थियो। 

इतिहासले खेदिरहेका र आलोचनालाई आग्रह सोच्ने एक प्रमुख नेता एवं थिंक ट्यांकरमध्ये एक हुन्– डा. भट्टराई। तीन दशकको कम्युनिस्ट आन्दोलन र २२ वर्षे माओवादी आन्दोलनकारी भएर अहिले पूर्वविचार, आस्था, मान्यताको ३६० डिग्री उल्टो विचाररहित, बडो तामझाम र नयाँ अभ्याससहित नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे। साथै उनी सामने अनेकौँ  प्रश्न पनि उठे। पहिला उनी  प्रश्न उठाउँथे अब उत्तर दिने ठाउँमा छन्। उनको राजनीतिक–सांस्कृतिक स्तर र सहनशीलता, धैर्यको परीक्षा अब सुरु भए। हिजो यो भएन, त्यो भएन, यसो हुनुपर्ने त्यसो हुनुपर्ने भन्ने ठाउँमा थिए। गुनासा, धम्की दिन पाउने तर संगठनात्मक व्यवस्थापन गर्न नपर्ने अवस्थामा थिए अब त्यो सुविधा उल्टिएको छ। अझ एकल व्यक्ति नै धरहरा बनेको पार्टीमा गुण र दोषको समग्र जिम्मेवारीमा अंश खोज्ने र हिस्सा लिने अरु कोही हुने छैन्। कम्युनिस्ट आन्दोलन त्यसमा पनि माओवादी जनयुद्धको स्वामित्व पनि लिन नसक्नु, लिन नपाउनु त्यसको छायाँबाट मुक्त पनि हुन नसक्नु नै 'नशने' को सबभन्दा ठूलो पीडा हो।                                                                                           

केही प्रश्न र जिज्ञासा

के सदा फस्ट हुने डा. भट्टराईको महत्वाकांक्षा र त्यसको बाधक प्रचण्डको प्रतिक्रियामात्र नशने गठनको कारक तत्व हो? के राजनीतिमा नयाँ संस्कृतिको थालनी, २१औं शदीका विशेषतालाई सम्बोधन गर्ने र नयाँ चुनौती सामना गर्ने नीति, योजना, विचार, राजनीति, संगठनात्मक स्वरूपको चित्र उनले प्रस्तुत गर्न सके? कूटनीतिक अर्थमा पार्टी घोषणा कार्यक्रममा भारतीय राजदूत र नेताहरुबाहेक अरु देशका राजदूत र राजनीतिक सहभागिता नभएर दिइएको कूटनीतिक सन्देश के हो? भारतीय इन्ट्रेस्टलाई ब्यालेन्समा राख्ने बिपी कोइरालाका सूर्यप्रसाद उपाध्याय, राजा महेन्द्रका सूर्यबहादुर थापा र प्रचण्डका बाबुरामपछाडि क्षेत्रीय राजनीतिक सन्तुलनको फेरबदलले राजनीतिक चतुर्‍याइँको नयाँ परिवेशको थालनी सुरु भएको हो? के यस भूसंवेदनशील मुलुकमा विकसित चीन विरोधी इन्डो–अमेरिकन राजनीतिक समीकरण र स्वार्थको प्रतिनिधित्व त कतै उनी गर्दै छैनन्? नेपाली केन्द्रीय सत्ताको कार्यकारणी पुग्न कम्युनिस्टप्रति उग्रअसहिष्णुता राख्ने भारतीय संस्थापन पक्ष भारतीय जनता पार्टी ( भाजपा) धार्मिक आवरणको सांस्कृतिक फासिवादको प्रतिनिधित्व गर्ने महामहत्वकांक्षी नेता नरेन्द्र मोदीको उदयपछि विचारमा उनले सिफ्ट गरेका त हैनन्? के रामेश्वर खनाल प्रस्तुत उदारवादी आर्थिक नीतिको जगमा उदार बजारमुखी अर्थतन्त्र (पेज १४)े द्वन्द्वात्मक भौतिकवादी समृद्धीकरण (डा. भट्टराई प्रस्तुत राजनीतिक प्रतिवेदन पेज नं. ६) ककटेल सिद्धान्तले नयाँ चुनौती सामना गर्न सक्छ? यो जनशक्तिपछिको (ध्यान जाओस् सूर्यबहादुर थापाको निधनमा उनले आफ्नो राजनीतिक अभिभावक गुमेको भनेका थिए) नयाँ शक्ति हो? के विश्व कम्युनिस्ट आन्दोलनमा पहिला यस्ता अभ्यास भएका थिए? के डा. भट्टराईले आवेगलाई (जनयुद्धकालमा कम्युनिस्ट आदर्श, सपना, मानवीयतालाई हस्तक्षेप, त्याग र परिवर्तन एवं शान्ति युद्धकालमा निराशा, शीघ्र परिणाम, क्रान्तिको क्षतिपूतिभाव) उपयोग गरेर आफ्ना उचाइ बढाएका त हैनन्?  उनी अध्येता र अनुसन्धाता भएकाले फेरि नेपाललाई अर्को नयाँ राजनीतिक प्रयोगशाला त बनाउँदै छैनन्?  के सम्राज्यवाद, विस्तारवाद, फोर्ब्स क्लब अर्थात कर्पोरेट हाउसले अब रामनामी ओढेर कन्ठी बाँधेको बाघ बनेकै हो त? सिक्किम, बंगलादेश प्रकरणपछि राष्ट्रियतासम्बन्धी दृष्टिकोणमा परिमार्जन र विकसित गर्नुपर्ने धारणा (पेज नं. २४) सार्नुअगाडि उनले भाजपाको केन्द्र, राष्ट्रिय स्वयमसेवक संघका इतिहास व्याख्याता र स्वयम् नरेन्द्र मोदीले भूमिका लेखिएर भारतका विभिन्न राज्यको पाठ्यक्रममा राखिएको दीनानाथ वात्राको 'अखंड भारत' पुस्तक र भाजपमा महत्वपूर्ण स्थान राख्ने सांसद योगी आदित्यनाथको 'हिन्दु राष्ट्र' र प्रसिद्ध इतिहासकार क्रिस्टोफे ज्फरेलोको 'आयसयस के अखंण्ड भारत के सच' अध्ययन गर्नुभएको त छ? सबैको एउटै दीर्घकालीन योजनामा अफगानिस्तान,पाकिस्थान, तिब्बत, नेपाल, बंगलादेश, म्यानमार र श्रीलंकालाई अंखण्ड भारत भनिएको छ। त्यही एजेन्डा भारतको अहिलेको सस्थापनको दीर्घकालीन अभियान हो।

राजनीतिक संस्कृतिको तराजुमा

के 'नशने' ले नेपाली राजनीतिमा नयाँ राजनीतिक संस्कृति भित्र्याउला वा सनातनलाई नै निरन्तरता देला? हरेक समाज, राजनीतिक पार्टी, समूह वा धार्मिक सङ्घसंस्थाका आ–आफ्नै विचारले नियम बनेका र बनाइएका हुन्छन्। यदि भावना, आक्रोश र प्रतिक्रियाले मात्रै कुनै संगठन बन्छ र चलाउने प्रयास हुन्छ भने त्यसको आयु पनि पानीको फोका जस्तो मात्र हुन्छ,। क्षणिक जमघट, भेला र मेला त गराउन सक्छ, फेसनमा शपथ ग्रहण पनि हुन सक्छ जब हितअनुसारका व्यक्तिका महत्वाकांक्षा पूरा हुँदैनन् तब समूहबाट क्रमशः खस्कँदै जान्छन्। त्यसलाई एक सूत्रमा बाध्ने भनेको विचार, दर्शन निर्देशित राजनीति आधारित संगठनले मात्रै गर्नसक्छ। तर पहिलो गाँसमै ढुंगा भएझैँ नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै भनेजस्तै 'नशने' पनि पुरानै संस्कृति भित्रिएर उनको एकल नेतृत्वको चुनौती स्वयंले घोषणा गरेको ९९ सय जनाको केन्द्रीय कमिटीलाई माओवादी केन्द्र जस्तै हजारीलाल बनाउन विवश छन्।                                                                                                                                                                   

समाजको ठूलो हिस्सा यथास्थितिमा रमाउन चाहन्छ र परिवर्तनको भूमिका अरूले निभाइदेओस् र वातावरण नखजबजिइकन उपलब्धि भने पाइयोस् भन्नेमा हुन्छ। अतीतप्रतिको दिलचस्पी र उत्खनन् चासो भनेको पनि वर्तमानमा भइरहेका घटना, त्यसले पार्ने प्रभाव, असर र परिणामको जिज्ञासाको जवाफ विगतसँगै अर्थात् इतिहासमै रहेकाले गर्दा हो। त्यसैले इतिहासबाट मुक्त कोही पनि हुनै सक्दैन्, 'नशने' पनि हुन सक्दैन्।                                                                         मानवीय स्वभाव नै विरोधमा रमाउने भएकाले पनि आफूलाई पृथक देखाउन र पहिचानको खोजीमा समेत विरोधमा अस्तित्व खोजिरहेका हुन्छन्। नेतृत्व पनि सोही समाजको उपज भएकाले समाजको छाप उसमा पर्दैन भन्ने हुँदैन् तर आममानिसभन्दा समयको गति चिन्ने, पछ्याउने र त्यसका लागि आमसमुदायलाई डोर्‍याएर लक्ष्यमा पुग्ने र पुर्‍याउने आँट धैर्य मार्गचित्र र त्यसका लागि मूल्य भुक्तान गर्नेमा ऊ पहिलो कोटीमा भएर नै नेतृत्व बन्छ। के नेशने अभियन्ताको प्रथम पंक्तिले त्यो परीक्षा पास गरेको त छ?

अहिले नेपाली राजनीति अग्रगमन, यथास्थिति र प्रतिगमनको अत्यन्तै छिनाझप्टीको अवस्थाबाट गुजि्ररहँदा भन्ने, गर्ने र देखिने फरकले नेता र राजनीतिक दलमाथि अविश्वास बढिरहेको छ। हरेक पार्टीमा आन्तरिक खिचलोले पार्टीको तागत मात्रै कमजोर बनाएको छैन्, अनेकौँँ आवरणमा तत पार्टीभित्र विभीषण चलखेल पनि भइरहेको छ। पार्टीहरूले विचारअनुसारको राजनीतिक संस्कृति विकास गर्न नसकेको कुरा त नेता कार्यकताको सोच, भूमिका र आफ्नै सहयात्री सहयोद्धाप्रति गरिने व्यवहारले देखाइरहेको छ। त्यसैबाट निरास पंक्तिको जमघट नेतृत्व 'नशने' बनेको हो।

कुनै दिन कम्युनिस्ट सदस्यता पाउँदा, माओवादी बन्दा गौरव गर्नेहरु अब कसरी विगतबाट छुटकारा पाउने, इतिहासबाट मुक्त हुने भन्ने जोहो गर्न थाले। नयाँ शक्तिको ठूलो हिस्सा अहिले त्यही मानसिक पीडाबाट गुजि्ररहेको छ। यो राजनीतिक सांस्कृतिककरण नभएर बाइ प्रोडक्ट संस्कृतिको थालनी कम्युनिस्ट आन्दोलनभित्रै कम्युनिष्ट आन्दोलन हराउँदै गएपछि आएको निराशाको प्रतिक्रियालाई विजातीय तत्वले भरेको आवेगभन्दा अरु केही हैन।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad